+
+
Shares

शिल्पाका पतिले सलमानको आम्दानीसँग तुलना गरेपछि हंगामा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते ९:३२

salman-and-raj-kundra

नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा यतिबेला विवादमा फसेका छन् । बलिउडमा उनले आफ्नो पत्नीका लागि मात्र लगानी गरिरहेको जनाएका छन् । उनले नायक सलमान खानले एक सिनेमाबाट कमाउने रकम आफ्नो एक महिनाको कमाई रहेको बताएका छन् । उनले आफूलाई हिरो हुने सोख नभएको बताए ।

‘सलमान खानले एक सिनेमाबाट कमाउने रकम, म एक महिनामा सजिलै कमाउँछु’, राजले भनेका छन्-‘यसैले मलाई बलिउड ठूलो हो भन्ने लाग्दैन । ‘उनले आफ्नो कमाइ व्यापार र क्रिकेट रहेको बताए ।

कुन्द्राले सलमान खानको कमाइको कुरा गरेपछि यसले सामाजिक संजालमा तरंग नै मच्चाएको छ । सलमानका फ्यानहरुले उनको चर्को आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?