Comments Add Comment

नेपाललाई अनुकुल समयमा मात्र विद्युत व्यापार सम्झौता : भारत

१० साउन, काठमाडौं । भारतले नेपाललाई अनुकुल समयमा मात्र विद्युत व्यापार सम्झौता हुने बताएको छ । नेपाल भ्रमणमा रहेको विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको टोलीले प्रधानमन्त्रीसहितका उच्च अधिकारीहरुसँगको भेटपछि सम्झौतका लागि दबाव नदिने बताएको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठक स्थल होटल याक एण्ड यतीमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय टोलीका सदस्य एवं विदेश मन्त्रालयका प्रवक्ता शैयद अकबरुद्दिनले जलविद्युत सहयोग दुबै मुलुकका लागि विन विन हुने बताए । नेपालले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने र भारतले नेपालको विद्युत किन्दा व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनले बताए ।

उद्यपि भारतले अघि सारेको विद्युत व्यापार सम्झौता प्रस्ताव मात्र भएको भन्दै नेपाललाई जहिले अनुकुल हुन्छ त्यसबेला मात्र सम्झौतालाई अन्तिम रुप दिइने बताए ।

उच्चअधिकारीहरुसँग भएको भेट सौहार्दपूर्ण रहेको भन्दै प्रवक्ता अकबरुद्दिनले भ्रमण टोली सन्तुष्ट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment