+
+

भारतीय एसएसवीले नेपाली प्रहरीलाई चौकीमै आएर कुटे

११ साउन, दाङ । दाङको भारतसँग सिमा जोडिएको राजपुर-९ भैसाही नाकामा भारतीय एसएसवीले नेपाली प्रहरीलाई कुटपिट गरेको छ ।

भारतीय एसएसवीका जवानहरुले नाकास्थित नेपाल प्रहरीकै चौकीमा प्रहरी हवलदार हरिबहादुर बुढाथोकी र अर्का प्रहरी जवानलाई कुटपिट गरेको बताइएको छ । स्थानीयमाथि दुव्र्यवहार गरेका एसएसवी र स्थानीय युवाबीच चौकीमा सहमतिको प्रयास भइर

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ११ गते १२:२८

निमुसंगम घर्ती

११ साउन, दाङ । दाङको भारतसँग सिमा जोडिएको राजपुर-९ भैसाही नाकामा भारतीय एसएसवीले नेपाली प्रहरीलाई कुटपिट गरेको छ ।

भारतीय एसएसवीका जवानहरुले नाकास्थित नेपाल प्रहरीकै चौकीमा प्रहरी हवलदार हरिबहादुर बुढाथोकी र अर्का प्रहरी जवानलाई कुटपिट गरेको बताइएको छ । स्थानीयमाथि दुव्र्यवहार गरेका एसएसवी र स्थानीय युवाबीच चौकीमा सहमतिको प्रयास भइरहँदा एसएसवीका जवानहरुले प्रहरी हवल्दार र जवानलाई कुटपिट गरी भागेको स्थानीयले अमृत खड्काले जानकारी दिए ।

नेपाल प्रहरीमाथि आक्रमण गरी भागेका एसएसवीका दुई जवानलाई स्थानीय युवाहरुले पक्राउ गरी एसएसवीको आठौं बाहिनी भैंसाही नाकामा बुझाएपछि थप छलफल गर्ने सहमति भएको छ । तर एसएसवीका बाहिनी इञ्चार्ज अरुण कुमारले हैसियत नमिल्नेसँग छलफल नगर्ने बताएका छन् । साथै नाकामा रहेका नेपालीहरुलाई एसएसवीले सामान निकासीमा कडाइ गरेको स्थानीयले गुनासो गरेका छन् ।

यसअघि भारतीय बजारबाट न्यूनतम पाँच किलो चामल ल्याउनमा सहजता भएपनि घटना भएपछि कडाइ गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङले भने भैसाहीनाका प्रहरी पोष्टमा घटनाका बारेमा बुझ्ने प्रयास भइरहेको तर फोन नलागेको वताएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?