Comments Add Comment

सलमान खानको साथ र प्रेमले चर्चित बनेका बलिउड सुन्दरीहरु(फोटो फिचरसहित)

salmans-heroin
बलिउडमा हिरोइनको मामालामा नायक सलमान खान सधै नै चर्चामा रहन्छन् । विशेषगरी हिरोइनको करिअर अगाडि बढाउन उनको महत्वपूर्ण हात रहेको हुन्छ । बलिउडमा थुप्रै यस्ता नायिका छन्, जो सलमानको कारणले चर्चामा रहेका छन् ।

salman-and-somy-ali
१. सोमी अली : अमेरिकाबाट मुम्बई बसाई सरेकी सोमीलाई सलमान खानकै सहयोगमा ‘अन्त’ नामक फिल्म हात पर्‍यो । उनी र नायक खानविच केही बर्ष प्रेम पनि चल्यो । तर सलमानको मदिरा सेवन र चुरोट पिउने बानीका कारण उनीहरुको प्रेम टुटेको बताइन्छ ।

katrina-kaif
२. कट्रिना कैफ : कट्रिनालाई बलिउडमा चर्चित बनाउन नायक सलमान खानकै महत्वपूर्ण भूमिका छ । चलचित्र ‘बुम’मा सलमानकै कारण उनले डेब्यू गर्ने मौका पाएकी थिइन् । तर सलमानसँग लामो समय प्रेम पश्चात अहिले कट्रिना रणवीरसँगको डेटमा मख्ख छिन् । उनले सलमानसँग ‘मैनै प्यार क्यू किया’, ‘एक था टाइगर’ जस्ता सिनेमा खेलेकी छिन् ।

aiswarya-rai
३. ऐश्वर्या राय बच्चन : नायिका ऐश्वर्या राय बच्चन र सलमान खानको केमेष्ट्री थाहा नहुने कमै मात्र होलान् । ‘हम दिल दे चुके सनम’ नामक सिनेमाले दुइको रिल र रियल लाइफ केमेष्ट्रीलाई अगाडि बढाउन ठूलै मद्दत गरेको छ । तर सलमानको हिंस्रक व्यवहारका कारण दुइको प्रेम टुक्रियो ।

sneha ulhal
४. स्नेहा उलहाल : नायिका ऐश्वर्या राय बच्चनसँग ब्रेकअप भएपछि सलमानले स्नेहालाई बलिउडमा ‘लक्की’ सिनेमा मार्फत डेब्यू गराएका थिए । ऐश्वर्या जस्तै देखिने स्नेहासँग सलमानको प्रेम चक्करका खबर खार्स सार्वजनिक भएन । तर ‘लक्की’ पश्चात स्नेहा एकाएक हराइन् । उनी फेरि बलिउडमा र्फकने बताइएको छ ।

zarin-khan
५. जरिन खान : सलमानकी पूर्व प्रेमिका कट्रिना कैफ जस्तै देखिने जरिन खानलाई ‘विर’ मार्फत दबंग खानले बलिउडमा भित्राए । तर जरिन खानले बलिउडमा कुनै तहल्का मच्चाउन भने सकिनन् ।
sonaxi-sinha
६. सोनाक्षी सिन्हा : नायिका सोनाक्ष सिन्हालाई बलिउडमा ‘दबंग’ मार्फत सलमानले नै इन्ट्री गराएका हुन् । यदि सलमानले उनमा रुची नदेखाएको भए संभवत अरुले सोनाक्षीलाई बलिउडमा मौका नदिन पनि सक्थे ।

daisy-hot
७. डेजी शाह : चलचित्र ‘जय हो’ मार्फत साउथ फिल्मकी नायिका डेजी शाहलाई सलमान नै बलिउडमा भित्राए । तर उनले सोचेजस्तो सफलता भने पाएकी छैनन् ।

jacline-fernandez
बलिउडमा लामो समयदेखि संघर्षरत नायिका ज्याकलिन फर्नान्डेजलाई अहिले सलमान निक्कै साथ दिइरहेका छन् । हाल यी दुईजना चलचित्र ‘किक’मा देखिएकी छिन् । सलमानको ज्याकलिनसँगको केमेष्ट्री निक्कै मजबुत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment