+
+
Shares

सुटिङका लागि बोलाइएका मुक्केबाजले प्रियंकालाई साँच्चीकै मुक्का हाने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १५ गते ९:२०

Priyanka-Chopra-Mary-Komफिल्म ‘मेरी कोम’मा बक्सिङ खेलाडीको अभिनय गरेकी प्रियंका चोपडाले सुटिङका बेला ब्यबसायिक बक्सरको प्रहार सहनुपरेको छ ।

नेपाली अभिनेता सुनिल थापाको शिष्यका रुपमा अभिनय गरेकी प्रियंका सुटिङका बेला ब्यबसायिक बक्सरसँगै भिडेकी थिइन् ।

तर, बक्सरले बेलाबेला सुटिङ गरिरहेको भुल्दा प्रियंकामाथि साँच्चिकै मुक्का प्रहार गरेका थिए ।

‘उहाँहरुलाई थाहा थिएन कि कसरी मुक्का हानेको अभिनय गर्ने, त्यसैले धेरैपटक ममाथि साँच्चै मुक्का प्रहार गर्नुभयो, जसले निकै पिडा भयो ।’ प्रियंकाले भनिन् ।
पाँचपटकसम्म बिश्व च्याम्पियन रहेकी बक्सिङ खेलाडी मेरी कोमको जीवनमा आधारित यो फिल्म सेप्टेम्बरमा रिलिज हुँदैछ । फिल्ममा नेपाली अभिनेता सुनिल थापा प्रियंकाको बक्सिङ गुरुका रुपमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?