१४ साउन, काठमाडौं । एनसेलले कर्णाली लगायत मध्य तथा सुदूरपश्चिमका ५ अञ्चलमा एनसेलको नेटवर्कभित्र पहिलो मिनेट पछि ५० प्रतिशत छुट दरमा कुरा गर्न सकिने सुविधा सहितको नयाँ योजना ल्याएको छ ।
योजना अन्तर्गत कर्णाली, राप्ती, भेरी, सेती तथा महाकाली अञ्चलमा एनसेलका ग्राहकले अब अर्को एनसेल नम्बरमा कुरा गर्दा पहिलो मिनेटपछि करबाहेक ९९ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।
आउँदो चाडपर्वको मौसमलाई ध्यानमा राखेर ल्याएको योजना साउन १५ गतेबाट ६ हप्तासम्म लागु रहने कम्पनीले बताएको छ ।
मध्य तथा सुदुर पश्चिमका एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकहरुले योजनामा सहभागी भई यो सुविधाबाट लाभ लिन सक्ने बताइएको छ । सुविधाका लागि ग्राहकले १७११० डायल गरी १ थिचेर योजनामा सहभागी हुन सक्नेछन् ।
‘चाडपर्वको महत्व नै एक-अर्कासँग जोडिनु र मनका भाव साट्नु हो, एनसेलको यो योजनाले मध्य तथा सुदूरपश्चिमका ग्राहकलाई आफन्त तथा प्रियजनसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास छ’ एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।
प्रतिक्रिया 4