+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मोरङमा बाढीग्रस्त क्षेत्र पुनर्निर्माण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद ऋषिकेश पोखरेलले मोरङ जिल्लामा वर्षायामको समयमा भएको क्षतिग्रस्त क्षेत्रहरुको पुनर्निर्माणको आवश्यकतामा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनीले आठवटा खोलाहरुको बाढी र कटानले भएको क्षतिलाई उल्लेख गर्दै तत्काल प्राथमिक उपचार र बजेटको माग गरेका छन्।
  • वर्षायाम सुरु हुन लागेकाले थप जोखिम हुन सक्ने भन्दै उनले सरकारलाई तुरुन्तै कदम चाल्न आग्रह गरेका छन्।

२८ वैशाख, काठमाडौं । सांसद ऋषिकेश पोखरेलले मोरङमा गत वर्षको वर्षायाममा क्षतिग्रस्त ठाउँहरु अहिले पनि उस्तै रहेको भन्दै पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा पोखरेलले मोरङ जिल्लामा रहेका उत्तर–दक्षिण बग्ने विशेषत आठवटा खोलाहरु, रतुवा, मावा, बक्राहा, डाँस, चिसान, लुहान्द्रा, सिंगिया र केसलियाको बाढीले अघिल्लो वर्ष भत्किएका ठाउँहरु र कटानले बिगारेका ठाउँहरु अहिलेसम्म अलपत्र अवस्थामा रहेको भन्दै ध्यानाकर्षण गराए ।

उनले फेरि वर्षायाम सुरु हुन लागेकाले भयावह परिस्थिति सिर्जना हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘त्यसकारण सभामुखमार्फत् नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु, तत्काल त्यो अघिल्लो वर्ष कटान भएका क्षेत्रहरुको प्राथमिक उपचार र आगामी वर्षका लागि आवश्यक र उपयुक्त बजेट छुट्याइ ती खोलाहरु नियन्त्रण गर्नका निम्ति म जोडदार माग गर्दछु,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?