Comments Add Comment

पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड

salman-khan
वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९ करोडको रेकर्डलाई भने यो चलचित्रले ब्रेक गर्न सकेन ।

तर साहरुख खानको चलचत्रि ‘चेन्नई एक्सप्रेस’ले पहिलो सातामा बनाएको १५७ करोडको रेकर्ड भने सलमानले तोडेका छन् । चलचित्रले एक सातामा करिब ४४ सय पर्दाबाट १६० करोडको व्यापार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । साहरुखको गतबर्ष ईदमा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ले ३६ सय पर्दाबाट १५७ करोड कमाएको थियो ।

दोश्रो सातामा कुनै पनि सिनेमा नभएकाले पनि ‘किक’ले सजिलै २ सय करोडको आँकडा पार गर्ने पक्का छ । बलिउडमा सलमान खानले अभिनय गरेको कुनै पनि सिनेमाले आजसम्म एक सातामा १६० करोड कमाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment