+
+

झोले विद्यालयका नाममा ५ अर्ब चट

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते ६:४४

१८ साउन, काठमाडौं । मध्य तराईका ८ वटा जिल्लामा सञ्चालित झोले विद्यालयका नाममा करिब ५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ ।
जिल्ला शिक्षा अधिकारी, प्रअ, स्रोतव्यक्ति लगायतको मिलेमतोमा झोले विद्यालय खडा गरी सरकारी रकम दुरुपयोग गर्नेमा आठ जिल्ला पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
झोले विद्यालय खडा गरी भ्रष्टाचार गर्ने जिल्लाहरुमा पर्सा, रौतहट, महोत्तरी, सर्लाही, धनुषा, बारा र सप्तरी रहेका छन् । ती जिल्लामा सात सय झोले विद्यालय खडा गरी ५ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको खबर नागरिक दैनिकमा छ ।

एउटा झोले विद्यालयलाई रकम दिएको अभियोगमा एउटै शिक्षा कार्यालयमा जिशिअ भएका ५ जना बढी कर्मचारी तानिएका छन् ।

शिक्षा विभागका अनुसार एक प्राथमिक विद्यालयले पाठ्यपुस्तक, भौतिक निर्माण, शिक्षक, कर्मचारी, छात्रबृत्ति, शैक्षिक सामग्री लगायत विभिन्न शीर्षकमा वाषिर्क न्यूनतम् २० लाख रकम पाउाछन् । ३ सय १८ झोले विद्यालयले वार्षिक ७६ करोड २० लाख रकम भ्रष्टाचार गरेको देखिन्छ । विगत ७ वर्षमा खारेज गरिएका ३ य ८१ झोले विद्यालयले ५ अर्ब ३३ करोड ४० लाख सरकारी रकम भ्रष्टाचार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?