+
+

दर्शकसँग निशा, सुरजले पनि दिए साथ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते ११:२७

mero-valentine-unit
चलचित्र ‘मेरो भ्यालेन्टाइन’का कलाकारले दर्शकसँग बसेर सिनेमा हेरेका छन् । शनिबार काठमाण्डौको गोपीकृष्ण र कुमारी हलमा पुगेर कलाकारले दर्शकसँग भलाकुसारी गरेका हुन् । कलाकारद्धय निशा अधिकारी र बाबु बोगटी हलमा पुगेका हुन् ।

प्रचारप्रसारमा खासै नदेखिएका निर्देशक सुरज सुब्बाले पनि कलाकारको साथमा बसेर सिनेमा हेरे । निर्माता सुशिल श्रेष्ठ सिनेमाको व्यापारबाट खुशी देखिएका छन् ।
काठमाण्डौको गोपीकृष्ण  हलमा पुगेका कलाकार बाबु बोगटीले दर्शकसँग भलाकुसारी समेत गरेका थिए ।

सिनेमाले शुक्रबार औषत व्यापार गरेपनि शनिबार राम्रो कमाई गरेको निर्माता सुशिल श्रेष्ठले जानकारी दिए । कलाकारद्धय स्वतन्त्रप्रताप शाह र सुस्मिता ढकाल नेपाल बाहिर रहेकाले सिनेमाको प्रमोशनमा उपस्थित हुन सकेनन् ।
mero-valentine-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?