+
+

१९ तोपको सलामी मोदीलाई कि कोइरालालाई ?

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते १५:२६

Narendra modi in ktm  (4)

१८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली सेनाले १९ तोपको सलामी दिँदा नेपालका प्रधानमन्त्री सुशील कोइराला मोदीसँग टाँसिएर उभिनु गल्ती भएको कूटनीतिज्ञहरुले गुनासो गरेका छन् ।

‘१९ तोपको सलामी पाहुनालाई दिइएको हो, सुशील कोइरालालाई होइन,’ कूटनीतिक मामिलाका जानकार एकजना पूर्वराजदूतले अनलाइनखबरसँग भने- ‘सलामीका बेला मोदी उभिएका ठाउँमा प्रधानमन्त्री कोइराला उभिन मिल्दैनथ्यो, उहाँलाई कसले सल्लाह दियो, बुझ्न सकिएन ।’

भारतीय प्रधानमन्त्रीलाई सलामी दिएका ठाउँमा प्रधानमन्त्री कोइराला पनि उभिएका थिए । सलामी अर्पण गरेका बेला मोदीले सलाम गरेका थिए भने अनुहारै ढाक्ने गरी ठूलोखालको कालो चश्मा लगाएका थकित जस्ता देखिने प्रधानमन्त्री कोइराला हात नउठाई उभिएका थिए ।

सलामीका बेला भारतीय धुन बजाइएको थियो । कुनै पनि पाहुनाको सम्मानमा उनको देशको धून बजाउने कूटनीतिक प्रचलन रहेको विज्ञले बताए । तर, पाहुनालाई सलामी दिन बनाइएको स्थानमा स्वागत गर्ने देशको मानिस उचिने प्रचलन कहीँ नरहेको विज्ञको तर्क छ ।

प्रधानमन्त्रीलाई तान्नु अशिष्ट व्यवहार

यसैवीच ‘सवारी मन्त्री’ डा. मिनेन्द्र रिजालले मोदीसँगको भेटका बेला प्रधानमन्त्री सुशील कोइरालालाई कुममा समातेर जोडले तानेको विषयलाई पनि कूटनीतिज्ञहरुले आलोचना गरेका छन् । एक कूटनीतिज्ञले अनलाइनखरसँग भने- ‘प्रधानमन्त्री ज्यूले पनि उभिन जान्नुभएन, तर मन्त्रीले त्यसरी तान्नु शिष्टाचारविपरीत कार्य हो’

प्रधानमन्त्री सुशील कोइरालालार्इ तान्दै सञ्चार मन्त्री मिनेन्द्र रिजाल । तस्वीरः अनिल थापाको फेसबुक पेजबाट

सूचना तथा सञ्चारमन्त्रीलाई सवारीमन्त्री तोक्नु नै नसुहाउने विषय भएको विज्ञको तर्क छ । ‘सवारी मन्त्री भन्ने पदावली नै दरबारिया प्रचलन हो, स्रोतले भन्यो- उनको काम शिष्टाचार महापालको जस्तो होइन, पाहुनाको भ्रमणको तारतम्य मिलाउने मात्रै हो ।

विमानस्थलमा पाहुनालाई रिसिभ गर्न जानेबाहेक दुई उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमानसिंह पनि पुगेका थिए । सभामुख पनि विमानस्थलमा उपस्थित थिए । यसरी मन्त्री र अन्य सरकारी अधिकारीहरु लस्कर लागेर एयरपोर्टमा गइरहनु नपर्ने कूटनीतिज्ञले बताएका छन् ।

प्रशासनमा राजनीतिकरणको परिणाम

mantri-line

प्रशासनमा भएको चर्को राजनीतिकरणले गर्दा मोदीको स्वागतमा नेपाली पक्षको भद्रगोल व्यवहार देखिएको कूटनीतिज्ञको टिप्पणी छ । ‘प्रशासनमा चर्को राजनीतिकरण भएकाले यस्तो कमजोरी देखिएको हो,’ स्रोतले अनलाइनखबरसँग भन्यो- ‘एयरपोर्टमा मन्त्रीहरुको थुप्रो लाग्नुको साटो रिसिभ गर्ने व्यक्ति र शिष्टाचार महापालमात्र खटिनुपर्ने हो, कसरी प्रस्तुत हुने भन्ने शिकाउने पनि शिष्टाचार महापालले नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?