+
+

संखुवासभाको पहिरोमा परेका पाँचको दाहसंस्कार

२० साउन, संखुवासभा । संखुवासभाको स्याबुन-३ फच्याङमा सोमबार विहान झरेको पहिरोमा परी मृत्यु भएका ५ जनाको दाहसंस्कार गरिएको छ । पहिरोमा परी मृत्यु भएका ६ जनामध्ये ५ को मंगलबार दिउँसा दाहसंस्कार गरिएको हो । परिवारका सबै सदस्य पहिरोमा परेपछि स्थानीय चिङ्खुवा निमाविका प्रधानाध्यापक पुर्णबहादुर कोइरालाको भने दाहासंस्कार हुन सकेको छैन । कोइरालाको दाहासंस्कार गर्नेबारे उनका दाजुभाइले टुंगो लगाउन छलफल गर्दैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २० गते ११:२२

ध्यान कुलुङ

२० साउन, संखुवासभा । संखुवासभाको स्याबुन-३ फच्याङमा सोमबार विहान झरेको पहिरोमा परी मृत्यु भएका ५ जनाको दाहसंस्कार गरिएको छ । पहिरोमा परी मृत्यु भएका ६ जनामध्ये ५ को मंगलबार दिउँसा दाहसंस्कार गरिएको हो । परिवारका सबै सदस्य पहिरोमा परेपछि स्थानीय चिङ्खुवा निमाविका प्रधानाध्यापक पुर्णबहादुर कोइरालाको भने दाहासंस्कार हुन सकेको छैन । कोइरालाको दाहासंस्कार गर्नेबारे उनका दाजुभाइले टुंगो लगाउन छलफल गर्दैछन् ।

पहिरोबाट निकालिएका कृतिमान कोइराला, उनकी पत्नी देवीमाया र छोरी तुलसाको चितामा कृतिमानका १३ वर्षीय छोराले बमबहादुरले दागबत्ती दिए । मोबाइल चार्ज गर्न गएकाले बमबहादुरको ज्यान जोगिएको थियो । मेहरमानको चितामा उनका छोरा राजेन्द्र कोइरालाले दागबत्ती दिए । राजेन्द्र बेंसीमा रहेको खेतमा गएकाले बाँचेका थिए ।

पहिरोमा परेका चारजना अझै बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा खोजी जारी छ । करिब ५ सय मिटर तलसम्म पहिरो झरेकाले वेपत्ता चारजना भेटिनसक्ने सम्भावना न्यून गरेको छ ।

पहिरोमा परी कुमारी कोइराला, पुर्णकला कोइराला, सम्झना कोईराला, र रोशन कोइराला अझै बेपत्ता छन् । पहिरोले विस्थापित फच्याङ गाउँका बिस्थापितलाई हाल जलजला गाविसको मेघेमा राखिएको छ ।  दैवी प्रकोप उद्धार समितिले विस्थापितलाई चाउचाउ, ब्ल्याङ्केट र भाँडा दिएकोे छ । मृतकहरुको काजक्रियाका लागि सरकारले प्रतिमृतक ४० हजार प्रदान गरेको छ । पहिरोले घरमा क्षति भएकालाई प्रतिघर ५ हजार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?