Comments Add Comment

नेप्से परिसूचक ५.७१ अंकले बढ्यो

nepse-index-2071-4-20२० साउन काठमाडौं । मंगलबार ५.७१ अंकले बढ्दै नेप्से परिसूचक १०४४.७४ अंकमा पुगेको छ । नेप्से आइतबार १० अंकले र सोमबार १७.८१ अंकले घटेको थियो ।  मंगलबारको कारोबारमा वित्त कम्पनी समूहबाहेक सबै समूहगत सूचकहरु बढेका छन् । वित्त कम्पनी समूहको सूचक १.८१ अंकले घटेको छ ।

मंगलबार वाणिज्य बैंक समूहको सूचक ६.७१ अंकले बढेको छ । त्यसैगरी होटल समूहको सूचक ४.१७ अंकले, विकास बैंक समूहको ६.७७ अंकले, जलविद्युत समूहको १३.२३ अंकले, बीमा समुहको १४.२५ अंकले, उत्पादनमूलक समुहको ०.७ अंकले र अन्य समूहको सूचक २.२३ अंकले बढेको छ ।

यो दिन वाणिज्य बैंक समूहको मात्रै २६ करोड २१ ल्ााख रुपैयाँको कारोबार भएको छ । सोमबार यो समूहको २१ करोड रुपैयाँको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार १ सय ५१ कम्पनीका १२ लाख ६६ हजार कित्ता सेयर ५३ करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment