+
+

प्रधानमन्त्रीको पाखुरा समातेकोमा रिजालको स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २० गते १६:२६

२० साउन, काठमाडौं । सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न पुगेका प्रधानमन्त्री सुशील कोइरालाको पाखुरा समाएको विषयमा भएको आलोचनालाई दुःखद भनेका छन् ।

प्रधानमन्त्री बिरामी रहेकाले सहयोग गरेको उनले स्पष्टीकरण दिएका छन् । उनले भने-‘यो विषयलाई अतिरञ्जित बनाइयो, यस विषयलाई लिएर प्रधानमन्त्रीका बारेमा चर्चा गर्दा मलाई अत्यन्तै दुःख लागेको छ । मेरो विषयमा कुरा गर्नु ठिकै होला, तर, प्रधानमन्त्रीलाई जोडेर चर्चा गर्दा दुःख लागेको छ ।’
मोदीलाई स्वागत गर्ने क्रममा सवारी मन्त्री समेत रहेका रिजालले प्रधानमन्त्री कोइरालाको पाखुरामा समाएर तानेका थिए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा सञ्चारमन्त्री डा. रिजालले मोदीको नेपाल भ्रमणले दुई देशवीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई प्राथमिकतामा राखेर आन्तरिक तयारी गरेर नेपाल भ्रमणमा आएकाले यो भ्रमणबाट सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने विश्वास ब्यक्त गरे ।

उनले मोदीले भ्रमणमा सबै पक्षसँग गहन छलफल गरेर सबै गुनासोहरुलाई समाप्त पारेकाले पनि भ्रमण सफल भएको दावी गरे । कांग्रेस नेता समेत रहेका रिजालले भने-‘मोदीले दुई देशवीचको सम्बन्धमा रहेको आशंकामा सकारात्मक भावना विकास गराएर जानुभएको छ ।’

मन्त्री रिजालले सन् १९५० को सन्धी पुनरावलोकन गर्न भारतीय प्रधानमन्त्री तयार भएकाले नेपालले पनि आन्तरिक सहमति गरेर अघि बढ्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?