+
+

मोदीले भने नेपाल दक्षिण एसियाकै लागि गर्व र विश्वका लागि उत्प्रेरणा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २० गते १७:५९

२० साउन, काठमाडौं । । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि उत्प्रेरणा हुने बताएका छन् ।

Modiदुई दिने नेपाल भ्रमणबाट सोमबार फर्किएलगत्तै नयाँदिल्लीमा जारी गरेको विज्ञप्तिमा मोदीले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको जनाएका हुन् । नेपालको संविधानसभाका सदस्यहरुसँग साक्षात्कार गर्न पाउँदा आफू सम्मानित भएको र नेपालमा पाएको अद्वितीय माया र सद्भावले आफूलाई घरमै पुगेको जस्तो अनुभूति भएको उनले बताए ।

आफ्नो दुईदिने भ्रमणमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि नेपालमा सबैको समान मत रहेकोे आफूले पाएको उनले उल्लेख गरेका छन् ।

नेपाल र भारत मिलेर दुई देशबीचको सम्बन्धको नयाँ जग बसाउनुपर्नेमा जोड दिँदै उनले त्यसले एक्काइसौँ शताब्दीका अवसर र चुनौतीहरुलाई सम्बोधन गर्न दुवै देशलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । “दुई देशको दीर्घकालीन लक्ष्यलाई यथार्थतामा परिणत गर्न र प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न मैले कुनै कसर बाँकी राख्ने छैन,” मोदीको विज्ञप्तिमा उल्लेख छ ।

आगामी सार्क सम्मेलनमा सहभागी हुन नेपाल पुनः र्फकन र काठमाडौँबाहेक नेपालका अन्य स्थानको पनि भ्रमण गर्न आफू आतुर रहेको पनि उनले जनाएका छन् । नेपाल र भारतबीच राजनीतिक सम्बन्ध थप दिगो बनाउनुपर्नेमा पनि मोदीको जोड छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?