+
+

वीर अस्पतालमा अख्तियारको छापा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २० गते १५:३६

२० साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

अस्पतालमा अनियमितता भएको भन्दै उजुरी परेपछि सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा पुगेको टोलीले महानिर्देशक केदारप्रसाद सेन्चुरी र लेखा प्रमुख केदारसिंह देउजाको कार्यकक्षमा रहेका सबै कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले केही दिनअघि पनि छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । अस्पतालबाट ४० पोकाभन्दा बढी कागजात नियन्त्रणमा लिइएको छ । केही समयपहिले लिइएको कागजातको अध्ययन गर्दा थप अनुसन्धान गर्नुपर्ने देखिएपछि पुनः छापा मारेको तिम्सिनाले जानकारी दिए ।

आयोगले साउन १५ गते विज्ञप्ति प्रकाशन गरी अस्पतालमा आवासीय चिकित्सकले गरेको आन्दोलनप्रति पनि आपत्ति जनाएको थियो । उपचार गर्न पाउने नागरिकको मौलिक अधिकारलाई आन्दोलनको नाममा हनन् गरिएको भन्दै आयोगले तत्काल आन्दोलन फिर्ता लिई सहज वातावरण बनाउन आग्रह गरेको थियो ।

चार महिनादेखि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति नभएको र एक वर्षदेखि अस्पतालमा बन्द रहेको सिटी स्क्यान पुनः सञ्चालन हुनुपर्ने माग राख्दै आवासीय चिकित्सकले आन्दोलन गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?