+
+

बेल्जियमबाट काभ्रेको पार्वती उच्च माविलाईसाढे २ लाख रूपैयाँ सहयोग 

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते ११:१६

ब्रुज । नेपालमा रहेको शैक्षिक भेदभाबको न्यूनीकरण र ग्रामिण बिद्यालयहरूमा अध्ययनरत निम्न बर्गका बिद्यार्थीको कम्प्युटर शिक्षामा पहुँच पुर्याउन बेल्जियमस्थित संस्था ह्याण्ड नेपाल बेल्जियम संस्थाले काभ्रे अवस्थित ढुंखर्क गाउँमा रहेको पार्वती उच्च माविलाई विद्यालयको भौतिक पूर्बधार निर्माणका लागि पुनः आर्थिक सहयोग प्रदान गरेको छ ।help-for-school

विद्यालय र ह्याण्ड नेपाल बेल्जियमबीच एक समारोहको आयोजना गरी ह्याण्डनेपाल बेल्जियमका संरक्षकद्वय जेफ दाविद्स र बेया आलेनद्वारा दुर्इ लाख पचास हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । ढुंखर्क उपत्यकामा रहेको उक्त स्कूलमा वरिपरी गाउँका निम्न आयस्रोत भएका बिशेष गरी किसानी तथा मजदुरी गरी जीविकोपार्जन गर्ने परिवारका बिद्यार्थीहरु अध्ययन गर्ने गरेको कुरा स्कूल प्राचार्य गोबिन्द शर्माले जानकारी दिनुभयो ।

 करिब ७२० बिद्यार्थी संख्या रहेको उक्त बिद्यालयमा ह्याण्ड नेपाल बेल्जियमको सहयोगमा गत वर्ष एक कम्प्युटर ल्याबको प्रदान गरि स्कूलमा कम्प्युटर प्राविधिक ज्ञान उपलब्ध गराउने यस छेत्रकै पहिलो सरकारी स्कूल भएको थियो।विगत केही वर्षदेखि बेल्जियममा बसोबास गर्दै आएका काभ्रे निवासी चिनियाँ दुवालको सक्रियतामा बेल्जियममा उक्त संस्था स्थापना गरी नेपाली संस्कृति, पर्यटन प्रवद्र्धनका लागि बेल्जियममा विभिन्न फरक कार्यक्रमहरु आयोजना गरिँदै आएको छ।

 बिगतका वर्षहरुमा बेल्जियममा नेपाली तथा स्थानिय बेल्ज नागरिकहरुबीच नेपाली चाडपर्वहरु मनाउने, नेपालको अपार लोक संस्कृति तथा परम्परा रितिरिवाजको प्रबर्धन गर्ने क्रममा नेपाली तथा नेवारी खानाका परिकारहरु बेचेर कोष स्थापना गर्दै आएको र सोही कोषमार्फत विद्यालयहरुलार्इ आर्थिक सहयोग प्रदान गरिएको दुवालले जानकारी दिनुभयो ।

 ह्याण्ड नेपाल बेल्जियमले वर्ष २०१४ मा समेत काभ्रे जिल्लाका विभिन्न सरकारी विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्ने तयारीसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?