Comments Add Comment

प्रनेम सहयोग केन्द्र कोरियाको तेस्रो अधिवेशन आइतबार हुने

सउल । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेन्ट सेन्टर) नेपाली समुदायको तेस्रो अधिवेशन हुने भएको छ । आगामी आइतबार सेन्टरको आफ्नै भवनमा उक्त अधिवेशन हुन लागेको हो ।

उक्त दिन १२ बजेदेखि संचालन हुने अधिवेशनमा नयाँ कार्य समितिको चयन, विगतमा यस सेन्टरबाट भए गरेका प्रगतिको समीक्षा गरिने सेन्टरका अध्यक्ष सुर्वण चैालागाईले जनाएका छन् । दुई चरणमा गरिने सो कार्यक्रममा पहिलो चरणमा बिधिवत समुद्धघाटन र स्थानीय कलाकारद्वारा विभिन्न मनोरन्जनात्मक कला प्रस्तुत गरिने छ भने दोस्रो तथा बन्द सेसनमा अन्तरिक छलफल र नयाँ नेतृत्व चयन गरिने भएको छ । उक्त दिन यस सेन्टरमा आबद्ध सबैलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

यसैगरी उक्त दिन कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार, बिद्यार्थी तथा बुद्धिजिवीहरुलाई समेत उपस्थित हुन अध्यक्षद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

२००५ मा स्थापित सो माईग्रेन्ट सेन्टरमा रोजगार अनुमति प्रणाली  लागू भए यता नेपालीहरूको प्रभुत्व रहँदै आएको छ भने यस समितिले विभिन्न समाजिक कार्यहरू गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment