+
+

राप्रपा नेपाललाई जग्गा दिने दिलविकासलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते १८:१६

२१ साउन, काठमाडौं । राप्रपा नेपालको पार्टीका कार्यालयका लागि निशुल्क जग्गा प्रदान गर्ने दिविकास राजभण्डारीलाई पार्टीको केन्द्रीय सदस्यबाट निस्कासन गरिएको छ ।

अध्यक्ष कमल थापाको नेतृत्वमा बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै पार्टीका घोक्रेठयाक लगाएको हो । बैठकपछि सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘पार्टीको विधान, हित र एकताविपरितका गतिविधिमा प्रत्यक्ष संलग्न भएकाले केन्द्रीय सदस्य दिलविकास राजभण्डारीलाई आजकै मितिबाट लागु हुने गरी निलम्बन गर्ने बैठकले निर्णय गरेको छ ।’

साथै उनीमाथि थप कारवाहीका लागि छानविन गर्ने बैठकले अनुशासन समितिलाई निर्देशनसमेत दिएको छ । त्यसैगरी केन्द्रीय सदसय सगुन लावती र राजाराम श्रेष्ठलाई पार्टी फुटाउने गतिविधिमा लागेको भन्दै तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?