+
+

प्रधानमन्त्रीका पीएले भने- मलाई सत्ताका दलालले हटाए

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते १४:३८

२१ साउन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिवबाट मंगलबार बर्खात भएका लक्ष्मण ढकालले बालुवाटारमा दलालहरु हावी भएको बताएका छन् ।
सत्ता र शक्तिका दलालहरु हाबी भएकै कारण आफूलाई प्रधानमन्त्रीको स्वकीय सचिववाट हटाइएको ढकालले आरोप लगाएका छन् ।laxman-dhakal

उनले आफू कोइराला परिवारको व्यक्ति नभएकाले हट्नु परेको समेत गुनासो गरेका छन् । आफूलाई हटाइएको भोलिपल्ट बुधवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै ढकालले भने, ‘कोइराला परिवारको व्यक्ति नभएकै मलाई गलत्याएर हटाइएको छ, म यसका विरुद्ध लड्नेछु ।’

ढकालले प्रधानमन्त्री कोइरालासँगको आफ्नो सम्बन्ध बिगार्न कोइराला परिवारका व्यक्तिहरु लागेको आरोपसमेत लगाए । उनले सुशील कोइरालालाई संकट परेका बेला नहेर्ने ७ समुन्द्र पारि रहेका व्यक्तिहरु शक्तिमा हुँदा अहिले हाबी भएको वताए । ढकालले घुमाउँरो पारामा मृदुला कोइराला लगायतका व्यक्तिहरु बालुवाटारमा हावी भएकोले प्रधानमन्त्री सुशील कोइराला पनि त्यही घेराबन्दीमा परेको आरोप लगाए ।

ढकालले भने,’सुशील कोइराला प्रधानमन्त्री भए लगत्तै घर बनाउने, धन आर्जन गर्नेहरुको लाम अहिले बालुवाटारमा लागेको छ । मैले त दलाल प्रवृत्तिका मान्छेहरुबाट प्रधानमन्त्रीलाई सँधै टाढा राखेको थिएँ । ‘

६ गते नै अमेरिकाको लामो उपचारपछि नेपाल आएका प्रधानमन्त्रीलाई स्वकिय सचिवबाट हटाइएको जानकारी पाएपछि मात्रै भेट्न पाएको जानकारी दिँदै ढकालले भने-‘आफूलाई हटाईएको बारेमा प्रधानमन्त्रीसँग प्रश्न सोध्दा उहाँले जानकारी नै नभएको बताउनुभयो ।’

ढकालले आफ्नै स्वकिय सचिवलाई हटाउँदा पनि प्रधानमन्त्रीलाई जानकारी नहुनु भनेको लाजमर्दो कुरा भएको बताउँदै देश कसले चलाईरहेको छ भन्ने आशंका पैदा भएको पनि बताए । प्रधानमन्त्रीसँग भेटेपछि बुधबारमात्रै तपाईको आवाश्यकता नरहेको भन्ने आशयको अवकाश पत्र कोइरालाले थमाएको ढकालले जानकारी दिए ।

ढकालले प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई स्वकीय सचिवबाट हटाउनुको कारण थाहा नभएको बताए । उनले भने,’मलाई किन हटाइयो, त्यो मलाई नै थाहा छैन । यस्तो निर्णय कोइरालाले गर्नु हुन्छ भन्ने मैले कल्पनासमेत गरेको थिइँन ।’

सुशील कोइराला कांग्रेसको सभापति नबन्दैदेखि ढकालले उनको दुःख सुखमा साथ दिँदै आएका थिए ।

म बरिष्ठ नेताको स्वकीय सचिव हैन : रामबाबु

यसैवीच एमाले बरिष्ठ नेता झलनाथ खनालबाट मंगलबार नै हटाइएका स्वकीय सचिव रामबाबु अधिकारीले भने आफूलाई हटाइएको नभई जिम्मेवारी पूरा गरेकाले धन्यवादसहित जिम्मेवार पिरिवर्तन गरिएको दाबी गरे ।

‘म अध्यक्ष झलनाथ खनालको स्वकीय सचिव थिएँ, बरिष्ठ नेताको हैन, अधिकारीले अनलाइनखबरसँग भने-‘ त्यसैले मलाई हटाइएको हैन, जिम्मेवारी पूरा गरेकाले धन्यवादसहित खनालले विदा गर्नुभएको हो ।’

यो पनि पढ्नुस्  :

प्रधानमन्त्रीका कोइराला र एमाले नेता खनालका स्वकीय सचिव बर्खास्त 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?