+
+

टेक्सासमा चलचित्र ‘साथी म तिम्रो’ को प्रदर्शनी

टेक्सास ।नेपाली कथानक चलचित्र ‘साथी म तिम्रो’ अमेरिकाको टेक्सासमा प्रदर्शन गरिएको छ । इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा नेपाली फिल्मी जगतका सुपरस्टार भुवन केसीको सामाजिक फिल्म ‘साथी म तिम्रो’ आइतवार नायक केसीकै समुपस्थितिमा प्रदर्शन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते ११:३३

विकास राज न्यौपाने

 टेक्सास ।नेपाली कथानक चलचित्र ‘साथी म तिम्रो’ अमेरिकाको टेक्सासमा प्रदर्शन गरिएको छ । इन्द्रेणी सांस्कृतिक  संघको आयोजनामा नेपाली फिल्मी जगतका सुपरस्टार भुवन केसीको सामाजिक फिल्म ‘साथी म तिम्रो’ आइतवार  नायक  केसीकै  समुपस्थितिमा  प्रदर्शन गरिएको हो ।sathi-ma-tirmo-in-america

 कार्यक्रम भुवन केसीले अभिनय गरेका केही चलचित्रको झलक  तथा अनुभव साटेर सुरू गरिएको  थियो । त्यसैगरी  सोहि साँझ डालस  एभरेष्ट लायन्स क्लब, नमस्ते युएस अनलाईन टेलिभिजन, भास्तिका इन्क  , एभरेस्ट रेस्टुरेन्टको आयोजनामा स्थानीय रमाइलो रेस्टुरेन्ट मा “भुवन केसी साझ” सम्पन्न भयो। सो कार्यक्रममा कलाकार केसीलाई आयोजकका तर्फबाट खादा ओढाएर सम्मान समेत गरिएको थियो ।  कार्यक्रममा उपस्थित दर्शकहरुले  भुवन केसीसंगै नाचेर रमाइलोको  मज्जा लिएका थिए  ।

यही आउँदो अगष्ट ९ तारिक शनिवार साँझ ६ बजे  उत्तर टेक्सास नेपाली समाजको आयोजनामा साल्वेसन आर्मी क्लव,प्लानो सहरमा भुवन केसीको सम्मान तथा  “साथी  म तिम्रो” प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ। नमस्ते युएसको एक प्रश्नमा छरिएर रहेका नेपालीहरु कलाकारकै साथमा बसेर फिल्म हेर्दा फरक आनन्द आउने दर्शकहरुको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?