+
+

विश्वविद्यालय पदाधिकारीविहीन भएपछि विद्यार्थी चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २३ गते १२:०३

२३ साउन, सुर्खेत । वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारीविहीन बनेपछि यहाँ अध्ययनरत विद्यार्थी चिन्तित बनेका छन् ।

विश्वविद्यालयका उपकुलपति, रजिस्टार, डीन र केही कर्मचारी तथा प्राध्यापकलाई अख्तियारले निलम्बन गर्न निर्देशन दिएपछि विद्यार्थीले आफ्नो भविष्य अन्योलमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका हुन् । यही साउन २० र २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मप विश्वविद्यालयका उपकुलपति र डीनसहित केही प्राध्यापक र पदाधिकारीलाई निलम्बन गर्न निर्देशन दिएको थियो ।

अख्तियारले विश्वविद्यालयमा आर्थिक तथा प्रशासनिक अनियमितता र भ्रष्टाचार भएकोबारे अनुसन्धान गर्न भन्दै उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएपछि विद्यार्थीहरुले विश्वविद्यालय नै भङ्ग हुन्छ किन भन्ने शङ्का व्यक्त गरेका छन् ।

हाल त्यहाँ एक हजार २०० भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिँदै विश्वविद्यालय खारेज भएको खण्डमा विद्यार्थीको भविष्यसमेत बर्बाद हुने चिन्ता रहेको मप विश्वविद्यालयमा गाभिएको वीरेन्द्रनगर बहुमुखी क्यापसका स्ववियु सभापति केशव शाहीले बताए ।

जिल्लाका विभिन्न विद्यार्थी सङ्गठनले विज्ञप्ति निकालेर विश्वविद्यालयमा भएको अनियमितता र भ्रष्टाचारको अनुसन्धान छिटो र निष्पक्षरुपमा गर्न माग गरेका छन् । विश्वविद्यालयले अहिलेसम्म तीनवटा सेमेस्टर चलाइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?