+
+

पार्टी विवादमा ‘नवआलोक’हरु सक्रिय : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २४ गते १४:२८

२४ साउन, काठमाडौं । एकीकृत नेेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टीभित्रको अन्तरसंघर्षमा ‘नवआलोक’हरुको नकारात्मक सक्रियता उल्लेखनीय रहेको बताएका छन् ।

baburam-bhattaraiमाओवादीभित्रको विवाद उत्कृर्षमा पुगेका भेला भट्टराईले ट्वीट गर्दै यस पटक पनि त्यस्तै झल्को देखिन थालेको हो त भनि प्रश्न गरेका छन् ।

भट्टराईले पार्टीभित्रको विवादबारे शुक्रबार अबेर पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा विवादलाई सकारात्मक तवरले हल गर्ने र समानान्तर समिति गठन भएका जिल्लामा छुट्टै संरचना बनाउने सहमति भएको छ ।

समानान्तर समिति गठन गरेको आरोपमा भट्टराई पक्षका नेताद्धय गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि एमाओवादीको विवाद उत्कर्षमा पुगेको थियो ।

संस्थापन पक्षले पेलेको भन्दै भट्टराई पक्षले मकवानपुर, सिन्धुली, धनुषा, बैतडीलगायतका जिल्लामा समानान्तर समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?