Comments Add Comment

सुनचाँदी व्यवसायमा मापदण्ड चाहियो : महर्जन

२५ साउन पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश मर्हजनले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधानका लागि मापदण्डको खाँचो भएको बताएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले आयोजना गरेको नेतृत्व विकास सम्बन्धी एक दिन प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।gold-intrection-program

‘सुनचाँदी तथा गरगहना व्यवसायसंग सम्बन्धित मापदण्ड निर्देशिका चाँडो भन्दा चाँडो ल्याउन सरकारसँग आग्रह गर्दछु’ महर्जनले भने -व्यवसायी र सरकारबीच सहमति भएको १५ महिना वितिसक्दा पनि व्यवसाय संचालन निर्देशिका आउन नसक्नु दुःखद कुरा हो ।

उनले व्यवसायीहरुलाई स्वच्छ र पारदर्शी हिसाबबाट व्यवसाय गर्न सल्लाह दिए । मर्हजनले सरकार र उपभोक्ताहरुको मागलाई सर्वोपरि राखी अघि बढ्न व्यवसायीलाई आग्रह गर्नु गरे ।

करिब ६० जना पोखरेली सुनचाँदी व्यवसायी उपस्थित रहेको उक्त कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोइराला, कास्की प्रहरी नायब उपरिक्षक केदार रजौरे र कास्की सुनचाँदी रत्न तथा आभुषण संघका अध्यक्ष किसन सुनारलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment