+
+

विद्यालयभित्रै नेटवर्किङ कारोबार

२५ साउन, भैरहवा । सरकारले मुलुकमा नेटवर्किङ कारोबारमा प्रतिबन्ध लगाए पनि भैरहवामा भने खुलेआम नेटवर्किङ को कारोबार भइरहेको । भैरहवाको सिद्धार्थ नगरपालिका ८ स्थित नारायणपथमा कुमार मेडिकल सेन्टरको नामक पसल खोलेरै नेटवर्किङ कारोबार भइरहेको हो । कुनै व्यक्ति

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २५ गते १४:५३

सलमान खान

२५ साउन, भैरहवा । सरकारले मुलुकमा नेटवर्किङ कारोबारमा प्रतिबन्ध लगाए पनि भैरहवामा भने खुलेआम नेटवर्किङ को कारोबार भइरहेको । भैरहवाको सिद्धार्थ नगरपालिका ८ स्थित नारायणपथमा कुमार मेडिकल सेन्टरको नामक पसल खोलेरै नेटवर्किङ कारोबार भइरहेको हो । कुनै व्यक्ति मेडिकलमा गएपछि त्यहाँ उपस्थित सम्पुर्ण नेटवर्किङ कारोबारीहरुलेे सम्बन्धित संस्थाको सदस्यता लिएर धनवान बनी सुखद जीवन बिताउन सकिने भन्दै दिमाग परिवर्तन (माइण्ड डाइर्भट) गरेका छन् ।networking-class

डिएक्सएन नामक कम्पनीको मलेशियामा केन्दि्रय कार्यालय रहेको भारत हुँदै नेपालमा उक्त कम्पनीद्वारा उत्पादित औषधि विक्री वितरण गरेर नेटवर्किङ कारोबार गर्दे आइरहेको स्रोतले जनाएको छ । उक्त मेडिकल सेन्टरले आफुहरुले संस्थामा व्यक्तिलाई आवद्ध गराई रोग विरुद्धको औषधीहरु विक्री गर्ने गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार कुनै व्यक्तिले ३ हजार देखि ३ हजार ५ सय सम्म रकम दिएपछि उक्त मेडिकल सेन्टरले एउटा आइडी नम्बर उपलब्ध गराउँछ र सम्पुर्ण कार्य त्यही आइडी नम्बरबाट हुने गर्दछ । कम्पनीको सदस्यता लिई डिएक्सन कम्पनीद्धारा उत्पादित औषधीहरु किनेर वा विक्री गररे रकम आर्जन गर्न सक्नुहुने भन्दै कुमार मेडिकल सेन्टरले विभिन्न व्यक्तिहरुलाई बताउँदै आएको बुझिएको छ । यस्तै उक्त मेडिकलले विभिन्न व्यक्तिहरुलाई कुनै व्यक्तिलाई यस कम्पनीको सदस्यता दिलाए बापत थप बोनस रकम प्राप्त गर्न सक्नुहुने भन्दै विभिन्न नेटवर्किङ को कारोबारमा लगाउने गरेको स्रोतले बतायो ।

विद्यालयमासमेत व्यापार

रोगविरुद्धको औषधी सम्बन्धमा विद्यार्थीहरुलाई ज्ञान दिन खोजेको भन्दै उक्त मेडिकलले विभिन्न सरकारी विद्यालयका विद्यार्थीहरुलाई नेटवर्किङ कारोबार तर्फ आकषिर्त गर्ने कार्य पनि गरिरहेको छ । कुमार मेडिकल सेन्टरबाट भइरहेको सम्पुर्ण नेटवर्किङको कारोबर उक्त मेडिकलमा रहेको कम्पुयटर र ल्यापटपमा रहेको स्रोतले बताएको छ । कुमार मेडिकल सेन्टरका प्रोपाइटर ए के यादव अर्थात अशोककुमार यादवले यस्तो कारोबार गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?