+
+

गाईजात्रामा मिसिए नायक श्रीकृष्ण !

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २६ गते १७:०५

Shreekrishna-death-rituals-8

२६ साउन, काठमाडौँ । राजधानीका सडकमा स्थानीय नेवार समुदायका मानिसहरु विभिन्न तस्वीर हातमा बोकेर सडकमा उत्रिएका थिए । तर, उनीहरुका हातमा नायक श्रीकृष्ण श्रेष्ठको हैन, आफ्नै मृतक आफन्तका तस्वीरहरु थिए । गल्लीगल्लीमा मानिसहरु शोकमग्न मुद्रा लिएर शोकयात्रामा हिँडिरहेका थिए । दिउँसो २ बजे सडकमा श्रीकृष्णको तस्वीरसहितको अर्को ठूलो शोकयात्रा निस्कियो ।

आज गाईजात्राको दिन । नेवार संस्कृतिअनुसार वर्षभर मृत्युभएका आफन्तहरुको सम्झनामा मानिसहरु मृतकका तस्वीर बोकेर सडकमा आउँछन् । यही सांस्कृतिक परम्पराअनुसार राजधानीमा सोमबार बिहानैदेखि सडकमा शोकैशोक पोखिएको छ । भगवानलाई विश्वास गर्नेहरुले यसलाई पक्कै पनि दैवले रचना गरेको एउटा दुःखद संयोग मान्न सक्छन् । राजधानीबासीले मृतक आफन्तका तस्वीर बोकेर सडकमा निस्किएकै दिन श्रीकृष्ण श्रेष्ठको तस्वीर पनि गाईजात्राको भीडमा मिसिन पुग्यो ।

गाईजात्राका दिन फरक यति थियो, अन्य मानिसहरुले मृतक आफन्तजनको सम्झनामा तस्वीरमात्रै बोकेर वियोगको पीडा सम्भिmइरहेका थिए । तर, श्रीकृष्णको पार्थिव शरीर र तस्वीर दुबै सँगसँगै लिएर राजधानीवासीले भावविह्वल हुँदै गाईजात्रा पर्व मनाए । असमयमै हामीलाई छाडेर गएका श्रीकृष्णको आफ्नै जातीय संस्कार र संस्कृति पनि हो गाईजात्रा । अर्को वर्ष आजकै दिन उनका परिवारजनहरु श्रीकृष्णको तस्वीर बोकेर सडकमा मिसिने छन् । र, प्रत्येक गाईजात्रामा उनलाई हामीले सम्भिmइरहने छौं, आजजस्तै । यसरी अनन्त गाईजात्राको शोकयात्रामा मिसिए सबैका पि्रय श्रीकृष्ण !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?