Comments Add Comment

हृयाप्पी न्यू ईयर बलिउडको बेस्ट फिल्मः शाहरुख

Sharukh-Khan

शाहरुख खानको फिल्म हृयाप्पी न्यू इयर अहिले बलिउडका मिडियाको चर्चामा छ । शाहरुख खानले हालै ‘मेड’ फिल्मको एक कार्यक्रमका क्रममा तिहारमा रिलिज हुने आफ्नो फिल्म हृयाप्पी न्यू ईयरबारे कुरा गरेका थिए । उनले सो क्रममा फिल्मसँग जोडिएका कतिपय मनोरञ्जक कुराहरु आफ्ना फ्यानसँग बाँडेका थिए ।

शाहरुखले हृयाप्पी न्यू ईयर फिल्ममा बलिउडका फिल्ममा दर्शकले चाहेका सब कुरा रहेको उल्लेख गरेका थिए । आफ्नो फिल्ममा डान्स, रोमान्स, एक्सन सबै रहेको शाहरुखको तर्क थियो । फिल्मलाई उत्कृष्ट बनाउन उनी, फराह खान र बाँकी सबै कलाकारले दिन रात मेहनेत गरेको शाहरुखले बताएका छन् ।

‘२५ वर्षअघि दर्शकल मलाई प्रमोट गरेका थिए, आज म नयाँ ट्यालेन्टको प्रमोट गर्न चाहन्छु’, शाहरुखले हृयाप्पी न्यू इयरबारे बताउँदै भने, ‘हृयाप्पी न्यू इयरको ट्रेलर मलाई धेरै मन पर्‍यो ।’
फिल्मको टे्रलर लन्च गर्ने साँझलाई डान्स, संगीत र ग्ल्यामर्समय बनाउने निर्णय भएको बताउँदै शाहरुखले आफू विदेश जाँदा प्रशंसकहरुले बलिउड फिल्मको अथृ डान्स, मस्ती, संगीत र रोमान्स रहेको बताउने गरेको स्मरण गरे ।

‘त्यसैले हामीले हृयाप्पी न्यू ईयरमा ती सबै कुरा राख्ने प्रयास गरेका छौं । बलिउडका दर्शकले देख्न चाहेका सबै कुरामा हामीले ध्यान दिएका छौं’, शाहरुखले भने, ‘हृयाप्पी न्यू ईयर फिल्म एक डान्स फिल्म हो, मलाई यस्तो फिल्ममा काम गर्न बहुत गाह्रो हुन्छ किन कि म राम्रो डान्सर होइन ।’

उनले डान्स आफूलाई डान्स गर्न आउँछ भने दिलैबाट डान्स गर्न सके त्यो भन्दा उत्कृष्ट डान्स अरु हुनै नसक्ने बताए । आफूलाई डान्स गर्न गाह्रो पर्ने शाहरुखले बताए पनि उनको नयाँ फिल्म हृयाप्पी न्यू ईयर भने डान्सिङमा आधारित फिल्म हो । यो फिल्ममा शाहरुख खान अलग अलग डान्सिङ स्टाईलमा देखिने छन् । शाहरुखको अलग अलग डान्सिङ स्टाईल देख्न पाइने यो फिल्मको ट्रेलर १४ अगस्टमा लन्च भएपछि हेर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment