Comments Add Comment

कुमारी बैंकको नाफा १७ प्रतिशतले बढ्यो

kumari-bank

२६ साउन, काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ मा कुमारी बैंक लिमिटेडले ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यो १७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्धारा प्रकाशित वित्रीय विवरण अनुसार खुद व्याज आम्दानीमा भएको वृद्धि र सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्यक) नै बैंकको नाफाको मुख्य स्रोत हो । बैंकले अघिल्लो वर्षको भन्दा १४ करोड २६ लाख रुपैयाँ बढी व्याज आम्दनी गरेको छ । त्यसैगरी बैंकले ७ करोड २२ लाख रुपैयाँ राइटव्याक गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले २७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड) ३.६२ प्रतिशत रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन सकेको छैन । राष्ट्र बैंकले २०७१ ऋसार मसान्तसम्म्मा वाणिज्य बैंकका लागि २ अर्ब रुपैयाँ चुक्ता पुँजी अनिवार्य गरे पनि बैंकको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ मात्रै छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जामा भने केही सुधार आएको छ । अघिल्लो वर्ष कूल कर्जाको ३.१९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष २.८९ प्रतिशतमा झरेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिसेयर नेट वर्थ १ सय ६३ रुपैयाँ ९५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment