+
+

२६ सभासद मनोनयन नहुँदा नयाँ संविधानमा प्रश्न उठन सक्ने राष्ट्रपतिको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २६ गते १६:५७

२६ साउन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले २६ सभासद मनोनयनमा भएको ढिलाइप्रति चासो व्यक्त गरेका छन् ।

अस्वस्थताका कारण पछिल्लो समय आराम गरिरहेका प्रधानमन्त्री सुशील कोइराला सोमबार शीतल निवास पुगेका थिए । भेटमा कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणदेखि सार्क सम्मेलनको तयारी, सुनकोशीको बाढीसहितका विषयमा व्रिफिङ गरेका छन् ।

sushil-and-rambaranराष्ट्रपति यादवले भने संविधानसभाले आधा काम गर्दा समेत २६ सभासदको मनोनित हुन नसेकोमा चासो र चिन्ता व्यक्त गरेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहलले बताए । ‘दशैं अगाडी नै संविधानको मस्यौदा तयार गर्ने आएको छ । आधा भन्दा बढी वितिसक्यो । भोलि नियुक्त भएर आउनेको भूमिका के हुने ?’ राष्ट्रपतिकोे भनाइ उदृत गर्दै दाहालले अनलाइनखबरसँग भने ।

२६ सभासद मनोनयनमा ढिलाइ हुँदा अतरिम संविधानको पनि पालना नहुने र भोलि अपूर्ण संविधानसभाले बनाउने संविधान कसरी पूर्ण हुन्छ भनेर कसैले प्रश्न गर्न सक्ने खतराप्रति राष्ट्रपतिले प्रधानमन्त्रीलाई सचेत गराएका छन् ।

प्रेस सल्लाहकार दाहाल अनुसार राष्ट्रपतिले मानवअधिकार आयोग, राजदूतहरु नियुक्तिमा भएको ढिलाइप्रति पनि प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतमका अनुसार वार्ता संविधान निर्माण प्रकृया, सरकारको कामकारबाहीबारे समते कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?