Comments Add Comment

करिनासँग मनाए सैफले जन्मदिन

मुम्बई । ४४ वर्ष पूरा भएको अवसरमा अभिनेता सेफअलि खानले श्रीमति करिना कपुरसँगै जन्मदिन मनाएका छन् । १६ अगस्त १९७० मा सैफको (राजखान्दान)मा जन्म भएको थियो । उनका बुबा नबाब मन्सुर अलि खान भारतीय क्रिकेट टिमका पूर्व कप्तान हुन् ।

सैफले ४२ वर्षको उमेरमा १० वर्ष कम उमेरकी करिना कपुरसँग दोस्रो बिबाह गरेका थिए । उनले पहिलो बिबाह आफु भन्दा १२ वर्ष जेठी नायिका अमृता सिंहसँग भएको थियो । सन २००४ अमृता र सेफले राजीखुसी सम्बन्ध बिच्छेद गरेका थिए ।

saif-karina

सेफकी आमा शर्मिला टेगोर हिन्दी फिल्मकी प्रसिद्ध नायिका हुन् । सेफले सन १९९२ मा बनेको फिल्म ‘परम्परा’वाट अभिनय सुरु गरेका थिए । अर्को फिल्म ‘आशिक आबारा’वाट उनले फिल्मफेयर बेष्ट मेल डेब्यु अवार्ड पाएका थिए । दर्शकले उनलाई सोलो हिरोको रुपमा मन नपराएपछि मल्टिस्टार फिल्ममा काम गर्न थालेका थिए ।

फहरान अख्तर निर्देशित ‘दिल चाहता है’ मा काम गरेपछि उनको करिअरले नयाा मोड लिएको थियो । यस फिल्ममा अमिर खान र अक्षय खन्नाले पनि मुख्य भुमिका निर्वाह गरेका थिए । ‘हम तुम’वाट सर्वोत्कृष्ठ नायकका लागि फिल्मफेयर अवार्ड पाएपछि उनको काफी प्रसंसा भएको थियो । यसै फिल्मवाट उनले राष्ट्रिय पुरस्कार समेत पाएका थिए । अर्को फिल्म ‘ओमकारा’ वाट उनले सर्वोत्कृष्ठ खलनायकको रुपमा फिल्मफेयर अवार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment