Comments Add Comment

प्रिमियर लिगमा लिभरपुलको संघर्षपूर्ण जित

Daniel-Sturridge

१ भदौ, काठमाडौं । लुइस स्वरेजबिनाको लिभरपुलले इङग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले साउथहृयाम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले २३ औं मिनेटमा राहिम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । हेण्डरसनको लङ पासमा उनले गोल गरे ।

तर, ५६ औं मिनेटमा साउथहृयाम्पटनका लागि नथानियल क्लाइनले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको साउथहृयाम्पटनले केही राम्रो मौका खेल फालेको थियो । रिकी लाम्बर्टसहितका खेलाडीहरु लिभरपुल गएपछि साउथहृयाम्पटन गोल फिनिस निकै कमजोर देखिएको थियो ।

खेलको ७९ मिनेटमा स्टर्लिंगको पासलार्इ सदुपयोग गर्दै ड्यानियल स्टरेजले लिभरपूलको लागि निर्णयक गोल गरे । लगतै साउथ हृयाम्पटनले केही सुन्दर मौका खेल फालेपछि लिभरपुल विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment