+
+

संरक्षण नभए ५ वर्षमा यार्चागुम्बु लोप हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २ गते ५:४८

yarsagumba२ भदौं, काठमाडौं । नेपालको हिमाली क्षेत्रमा मात्र पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बु संरक्षणमा तत्काल कुनै कदम नचाले ५ वर्षमै लोप हुन सक्ने अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र जापानको क्युसु विश्वविद्यालयले संयुक्त संयुक्त रुपमा गरेको अध्ययनले यार्चागुम्बु उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ ।

उत्पादन हुने क्षेत्रको स्थानीय मूल्यअनुसार वाषिर्क करिब १५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार हुने यार्चागुम्बु लोप भए त्यस क्षेत्रका बासिन्दाले जीवनयापन र वातावरण सन्तुलनमा समेत समस्या आउन सक्ने चेतावनी वनस्पतीविदहरुले दिएको कारोबार दैनिकमा खबर छ ।

५ वर्षदेखि नेपालको यार्चागुम्बुका विषयमा अध्ययन/अनुसन्धान गरिरहेको त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. चन्द्रप्रसाद पोखरेलले संरक्षणमा ढिलाई नहुने बताए । अध्ययनमा पोखरेलल र क्युसुका प्राध्यापक सोजीओगाकेा टोली संलग्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?