Comments Add Comment

यू-१६ क्रिकेटमा नेपालद्वारा बहराइन १८६ रनले पराजित

Nepal vs Singapore  (4)

२ भदौ, काठमाडौं । बहराइनलाई १८६ रनले पराजित गर्दै नेपालले एसीसी यू-१६ क्रिकेटमा लगातार चौथो जित हात पारेको छ ।

राउन्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले उपाधिका लागि मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्ध जित हात पार्न सके नेपालले यू-१६ क्रिकेटमा पहिलो उपाधि जित्नेछ । नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ भने मलेसियाको ७ अंक छ । अन्य तार टिम उपाधि होडबाट बाहिरिसकेका छन् ।

यसअघि यू-१६ एलिटका नाममा भएको प्रतियोगिताको दुई संस्करणमा नेपाल उपविजेता बनेको थियो ।

सिलोंगर टर्फ क्लबमा नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको बहराइन २४.४ ओभरमा ४७ रन जोड्दा अलआउट भयो । नेपाली बलरहरु सामू बहराइनका व्याट्सम्यान निकै निरिह देखिए ।

नेपालका लागि अनिल खरेलले ५ ओभरमा दुई मेडन राख्दै ८ रन दिएर तीन विकेट लिए । २ विकेट लिएका आशिष पोखरेलले ५ ओभरमा ३ मेडन राखेर ७ रन दिए । कप्तान सुमित महर्जनले २ ओभरमा दुई नै मेडन राखेर एक विकेट लिए भने जितेन्द्र सिंहले ९ रन दिएर १ विकेट दिए । सबैभन्दा बढी रन रिजन ढकालले दिए । उनले चार ओभरमा १६ रन दिएर १ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले व्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २३३ रन बनाएको थियो । नेपालका प्रनित थापाले अविजित ७० रनको योगदान दिए । ६० बलको सामना गरेका उनले ७ चौका र एक छक्का हानेका थिए । बहराइनविरुद्ध छक्का हान्ने उनी एक्ला व्याट्सम्यान हुन् ।

नेपालका लागि रवि चन्दले ३३ र सुसान्त सिंहले २९ रन जोडे । रविन्द्र जंगले २३, पवन शर्रफले २० रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment