Comments Add Comment

कांग्रेसले बाढी पीडितका लागि कार्यकर्ताबाट १०० उठाउने

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरुको सहयोगका लागि प्रत्येक पार्टी सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने भएको छ ।

कांग्रेसले सोमबार विज्ञप्ति जारी गरी आफ्नो पार्टीका सम्पूर्ण क्रियाशील सदस्यहरुलाई १०० रुपैयाँ अनिवार्य रुपमा र बाँकी स्वेच्छापूर्वक खुला सहयोग गर्न आहृवान गरेको छ ।

साथै उद्योगपति, व्यापारी, प्राध्यापक, शिक्षक एवं कर्मचारी लगायत इच्छुक अन्य सर्वसाधारणलाई समेत स्वेच्छिक सहयोग रकम नेपाली कांग्रेस बाढी पीडित केन्द्रीय सहयोग समितिको नाममा नेपाल बैंक लिमिटेड कुपण्डोलमा खाता खोलेको छ । खाता नं. ०१३५-११-००१००७५ मा जम्मा गर्न सकिने कांग्रेसले जनाएको छ ।

कांग्रेसले बाढी तथा पहिरो पीडितको उद्धार तथा राहत वितरणमा सहयोथ गर्न समेत पार्टीका स्थानीय निकाय र भ्रातृ संस्थाहरुलाई निर्देशन दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment