Comments Add Comment

चिनियाँ लगानीमा हिमालयन एयरले अन्तर्राष्ट्रिय उडान गर्दै

airbus-a319_himalayan-air३ भदौ, काठमाडौं । चिनियाँ लगानीमा स्थापित निजी क्षेत्रको हवाई कम्पनी ‘हिमालयन एयर’ले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । चीनको तिब्बत एयरलाइन्ससँगको संयुक्त लगानीमा स्थापित कम्पनीले कार्तिक ११ (अक्टुवर २८) देखि उडान थाल्ने तयारी गरिरहेको छ ।

कम्पनीमा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी छ भने नेपाली उड्डयन उद्यमीहरुको ५१ प्रतिशत लगानी छ । आन्तरिक उडान गरिरहेको यति एयरलाइन्स र बैंकर पृथ्वीबहादुर पाण्डेसमेत यसका लगानीकर्ता हुन् ।

कम्पनीमा करिव साढे २ अर्ब रुपैयाँ लगानी गर्न लागिएको नेपाली पक्षका लगानीकर्ता सुमन पाण्डेले जानकारी दिए । उडान सम्झौतासम्बन्धी सम्झौतापत्रमा मंगलबार तिब्बत एयरलाइन्स र नेपाली कम्पनीवीच हस्ताक्षर हुँदै छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नहुँदा अधिकांश अन्तर्राष्ट्रिय उडानका गन्तव्य गुमाइरहेको र धेरैजसो बिजनेस बिदेशी एयरलाइन्सको हातमा पुगेको अबस्थामा हिमालयन एयरको उडानले नेपाललाई फाइदा पुग्ने लगानीकर्ताको दावी छ ।

पहिलो चरणमा एयरबस ए ३१९ सेरिजका दुईवटा जहाजमार्फत् उडान सुरु गर्ने कम्पनीले ३ बर्षभित्र ५ वटा जहाजमार्फत् उडान गर्ने योजना बनाएको छ । यी जहाजमा १२४ सिट संख्या हुने छ । पहिलो चरणमा ल्हासा र चेङ्दु उडान थाल्ने हिमालयनले त्यसपछि भारत, मलेसिया, दुबई लगायतका गन्तब्यमा उडान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment