Comments Add Comment

तत्काल बिहे गर्छुजस्तो लाग्दैन : नायिका नम्रता (भिडियोसहित)

Namrata Shrestha_interview _650

विजय अावाज

४ भदौ, काठमाडौं । शुक्रबारदेखि आफ्ना दुई सिनेमा प्रदर्शनमा आउने भएपछि दौडधुपमा व्यस्त नायिका नम्रता श्रेष्ठ अहिले भने केही फुर्सद महसुस गरिरहेकी छिन् । ‘सम्बोधन’ सरेपछि अब उनी खुशी महुसस गर्दैछिन् । यही फुर्सदको सदुपयोग गर्दै अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा नम्रताले जीवन, सिनेमा, गसिप र प्रेमका विषयमा खुलेर कुरा गरिन् ।

‘ताण्डव’ सिनेमाको प्रमोशनमा व्यस्त नायिका नम्रता आफ्नो जीवन, सिनेमा करिअर, सेलिब्रेटीहुड र प्रेमका विषयमा के भन्छिन् त ?

व्यापारभन्दा पनि राम्रो फिल्मको चाहना

सिनेमा हामीले राम्रो बनाउने हो, यसपछि सबै कुरा दर्शकको प्रतिक्रियामा भरपर्छ ।’ सिनेमाको व्यापार र सफल-असफलको विषयमा आफू सधैं नै तटस्थ रहेकी छु । सिनेमा चलेपछि भन्दा पनि अगाडि नै राम्रो प्रचारको योजना बनाउनुपर्छ । मलाई फिल्म हलमा गएर सिनेमा हेरिदिनुहोला भन्न मन लाग्दैन । दर्शकलाई सिनेमा आउँदैछ भनेर हामीले जानकारी दिन सक्नुपर्छ ।’

 म सेलिब्रेटी होइन, कलाकार हुँ

मलाई लाग्दैन म सेलिब्रेटी हुँ । मैले धेरै सिनेमा पनि गरेको छैन । फेरि नेपालको वातावरणमा सेलिब्रेटीहुडको विकास गर्न धेरै नै गाह्रो छ । किनकि, हामी सेलिब्रेटी हुनेवित्तिकै सधैं नै एक्सक्ल्यूसिभ हुन सक्नुपर्छ । तर, अचम्म के छ भन्दा, यस्तो बन्दा पनि हामीलाई घमण्डी भन्छन् । यसैले हामी कलाकार हुने या सेलिब्रेटी, आफै छुट्टयाउन सक्नुपर्छ ।

नेपालको परिस्थितिले हामीलाई सेलिब्रेटी बन्ने वातावरण बनाउन नै दिएको छैन । मिडियाबाट टाढा रहँदा घमण्डी भन्ने, अनि फेरि सेलिब्रेटी किन बन्नु भएन भन्दा हामीलाई गाह्रो हुन्छ । यसैले म कलाकार नै ठीक छु ।

गसिपका विषयमा म मुख खोल्दिँन

आफ्नो बारेमा बजारमा आउने समाचार र गसिपले मलाई खासै फरक  गर्दैन । किनकि, मिडियाका काम नै गसिप र समाचार लेख्ने हो । जब गसिप भनेर लेखिन्छ, भने किन कराउने हामी ? आफूलाई पूर्ण रुपमा असर गर्ने र बोल्नै पर्ने अवस्था नआएसम्म गसिपलाई लिएर हल्ला गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।

मलाई आजसम्म मिडियाले बोल्नै पर्ने वाध्यता बनाएको छैन । यस्तो सुनियो रे, चर्चा छ भनेर लेख्दा म किन कराउने ? त्यो त मिडियाको काम नै हो नि हैन र ? अहिले मिडिया र कला क्षेत्रमा सबैजना बुझेर आउनुभएको छ, यसैले कलाकार र मिडियाले आफ्नो दायित्व बुझ्नुभएको छ होला भन्ने नै मलाई लाग्छ ।

आर्यन र लाहुरेसँगको अफेयरको चर्चा

मेरो अहिलेसम्म सिनेमा खेल्दा नायक आर्यन सिग्देल र ‘ताण्डव’ हिरो आशिष राना ‘लाहुरे’सँग प्रेमको चर्चा चल्यो । मलाई अचम्म लाग्छ, बिहे गर्न लागेको आर्यनसँग मेरो प्रेम कसरी हुन सक्छ ? जहाँसम्म हिरोसँगको निकटताको कुरा छ, म जोसँग पनि नजिक हुन्छु । आफूसँग काम गर्ने कलाकारसँग नजिक हुनु, उसँग कामको विषयमा छलफल गर्नु, प्रेम हो भने म के भन्न सक्छु र ?

Namrata darlingयता आशिषसँग किन प्रेमको चर्चा चलाइयो, मैले बुझेको छैन । ऊ सिनेमा नगरीमा नयाँ कलाकार भएकाले, सहयोग गरेको हो मैले । मैले उसलाई यो सिनेमाका लागि धेरै सहयोग गरेको छु, जसलाई प्रेमको उपनाम दिइएको हो । आर्यन र आशिष मेरा राम्रा साथी मात्र हुन्, प्रेमी होइनन् ।

पहिरन हामीले सम्हाल्ने हो, कराउनुको औचित्य छैन

मलाई यो वाड्रप मालफक्शनको विषयमा खासै जानकारी छैन । तर, मिडियामा विशेषगरी नायिकाहरु यस्तो विवादमा परेको सुनेको छु । हाम्रो देशमा आयोजना हुने सिनेमा सम्बन्धी पत्रकार सम्मेलनमा प्रोपरको यूज भएको हुँदैन । न त अगाडि टेबल नै हुन्छ, न त टेबलमा कुनै प्रोपर नै राखिएको हुन्छ । यस्ता बिषयमा ध्यान दिने हो भने, नायिकाहरुले कार्यक्रममा आफू सुहाउँदो पहिरन लगाउन सक्थे ।

मिडियाले कसरी खिचेको छ, कुन एंगल लगाएको छ, हामीलाई थाहा नै हुँदैन । फेरि हामीले यो खिच र त्यो नखिच भन्न पनि त मिल्दैन । यसैले यस्ता बिषयमा कार्यक्रम आयोजक र नायिका स्वयंमले नै ध्यान दिनु जरुरी छ । पछि समाचारमा आयो भनेर हल्ला गर्नुभन्दा पनि अगाडि ध्यामन दिँदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

‘कल गर्ल’को भूमिका गर्दा उत्साहित

मैले सिनेमामा धेरै भूमिका गरें । तर ‘ताण्डव’सिनेमामा ‘कल गर्ल’को भूमिका गर्दा म निकै उत्साहित थिएँ । किनकि, मैले अरुबेला भूमिका हेथेर्ं, कथा पढ्थें । तर, यसपटक कुनै पनि कुरामा ख्याल नगरी सिनेमा गरेको हो । मलाई यो क्यारेक्टर गर्न एकदमै मन लाग्यो । फेरि ‘ताण्डव’को टिम र विदेशी निर्देशक मुर्रे केरको काम गर्ने स्टाइल नै मनपर्‍यो ।

सम्झौता गरेर प्रेम गर्नुभन्दा टुटेकै राम्रो

कतिपय प्रेम असफल हुन्छन् । तर, टाढा भइयो भन्दैमा त्यसलाई असफल भन्न पनि मिल्दैन । सम्झौता गरेर प्रेम गर्नुको कुनै औचित्य नै हुँदैन । यसैले यस्तो प्रेमबाट टाढा रहँदा नै राम्रो हुन्छ । जहाँसम्म प्रेम घलेजी र मेरो सम्बन्धको कुरा छ, हामी अहिले पनि बोलीचालीमा नै छाैं । हामीले झगडा गरेर सम्बन्ध टुटाएको होइन । असमझदारी भएपछि हामीले टाढा बस्ने निर्णय गरेका हौ ।

सम्बन्ध, बिहे र करिअर

अहिले म कसैसँगको पनि प्रेममा छैन । र, प्रेममा अल्झिन्छु जस्तो पनि लाग्दैन । मैैले बिहेको बिषयमा केही पनि सोचेको छैन । तत्काल बिहे गर्छु जस्तो पनि लाग्दैन । मलाई सिनेमा नगरीमा नै आफ्नो करिअर बनाउनु छ । यसैले सिनेमा मात्र सोचिरहेकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment