Comments Add Comment

आमाबाउले बनाए आफ्नै बच्चालाई सलाद !

baby salad1

बच्चाको सलाद ? सुन्दैमा झसँग भइने । एक चिनिया दम्पतिले भने आफ्नो बच्चालाई सलाद बनाइदिएका छन् । खाना खाने सबै परिकारसँग आफ्नो बच्चालाई समेत एउटा भाँडोमा सलादसँगै राखेर ती दम्पतिले मुख्र्याइँपूर्ण हँसिमजाक गरे ।

डिनर सँगै एउटा भाँडोमा आफुलाई सुताएर सलाद बनाइँदा सुरुमा त्यो बच्चो खुसी देखिँदैन । तस्वीर उसले रुन्चे मुख लगाएको देखिन्छ ।
तर केही बेरपछि उसलाई मजा आएछ क्यारे मख्ख परेको देखिन्छ । साँच्चीकै उसको मुखाकृति हेर्दा ऊ कांक्रो जस्तै सितल भावमा छ । सलादका पातले थिचिँदा पनि ऊ आनन्द मानेर निदाइरहेको जस्तो देखिन्छ ।

ती बालककी आमा क्यू युआनले आफुले आफ्नो छोरालाई साँच्चीकै खानको लागि सलादको रुपमा नराखेको भन्दै त्यो केवल मजाकको लागि गरेको बताएकी छिन् । छोरालाई त्यसो गराउँदा परिवारमा पूरै हाँसो छुटेको र हाँस्दा हाँस्दा पेटै देखेको उनको भनाइ छ ।

सुरुमा भाँडोमा राख्दा बच्चाले अप्ठेरो मानेर बाहिर आउन खोजेको तर निकै सानो भएकाले बाहिर आउन नसकेको भन्दै उनले छोरालाई बाहिर निकाल्नुअघि उसलाई हेरेर परिवारमा हाँसोको फोहरा छुटेको क्यू बताउँछिन् ।

baby salad2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment