६ भदौ, काठमाडौं । एसीसी यू-१६ पि्रमियर क्रिकेटको विजेता नेपाली टोलीका सदस्यहरुलाई जनही ५० हजार दिने घोषणा गरेको छ ।
विजेता टोलीको सम्मानमा नेपाल क्रिकेट संघ क्यानले शुक्रबार गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलले पुस्कारका लागि प्रक्रिया अघि बढाइसकेको बताए । मन्त्रिपरिषद्ले निर्णय गरेपछि औपचारिक कार्यक्रम गरेर सम्मान गरिने उनले बताए ।
कार्यक्रममा क्यानले पूर्व घोषणा अनुसार टोलीका खेलाडी र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरेको छ ।
प्रतिक्रिया 4