Comments Add Comment

जुनालाई मिसेज तीजको उपाधि

mises-teej-pic
धरान । तीजको अवसरमा धरानमा आयोजीत मिसेज तीजको उपाधि जुना राईले जीतेकी छिन् । दिदी बहिनी समूह धरानले आयोजना गरेको प्रतिष्पर्धामा धनु श्रेष्ठ फस्टरनअप र लक्ष्मी तामाङ सेकेन्डरनरअप घोषित भए ।

प्रतिष्पर्धामा वेष्ट हेयर कल्पना शाही, वेष्ट मेकअप सिमा श्रेष्ठ, वेष्ट क्याटवाक लक्ष्मी तामाङ, वेष्ट स्माईल शुष्मा राई, मिसेज पर्सनालिटी डिम्पल खड्का, वेष्ट फिगर जुना राई र मिसेज व्युटिफुल कविता श्रेष्ठ र वेष्ट ड्रेस डोल्मा तामाङ घोषित भए ।

धरान ब्युटिपार्लरकी सञ्चालिका भारती सुब्बा, निसुङ्मा व्युटि सोलुसन प्रालिकी सञ्चालिका विष्णु लिम्बु, पिपुल शपकी सञ्चालिका कविता लिम्बु, झुनाज् फिट्नेशकी सञ्चालिका झुना राई र मिस पूर्वेली सुपरमोडल फस्टरनर अप अम्बिका प्रधानको निणर्ायक टोलिले विजेताहरु छनोट गरेको हो ।

कृति दर्शन मिडिया प्रालिकी प्रबन्ध निर्देशक गंंगा पलिखेको प्रमुख आतिथ्य र दिदी बहिनी समूहकी अध्यक्ष सुनिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगीतामा १४ महिला सहभागी थिए । कार्यक्रममा फेशन शो समेत आयोजना गरियो । सलोनी श्रेष्ठको कोरियोग्राफीमा भएको फेशन शोमा मोडलहरुले र्‍याम्पवर्क गरेका थिए । कार्यक्रमको व्यवस्थापन ललित राईले गरेका थिए ।

कार्यक्रममा सरला श्रेष्ठ र खुस्बुले गीत गाएका थिए भने सुहानी राजधामी लगायतले नृत्य प्रस्तुत गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पलिखेले तीजमा महँगा गहना र लुगाकपडा लगाउने प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको भन्दै आफ्नो क्षमता अनुसार तीज मनाउनु पर्ने बताईन् । तीजलाई महँगो चाड बनाउनु नहुने भन्दै पलिखेले तीज सबै महिलाको साझा चाडका रुपमा विकास गर्नु पर्ने विचार व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment