Comments Add Comment

व्यवसायीले भने- आतंक फैलाउने मजदूरको प्रतिकार गर्छौं

JTCC

९ भदौ, काठमाडौं । वैद्य माओवादी निकट अखिल नेपाल क्रान्तिकारी मजदुर युनियनले व्यवसायीमाथि गरेको आतंकित गतिविधिको पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)ले मजदुरको विषयलाई लिएर कम्पनीहरुको व्यवसायमा समेत नकरात्मक प्रभाव पार्ने गरी गरिएका युनियनका गतिविधिप्रति ध्यानाकर्षण भएको बताएको छ । युनियनको यस्तो गतिविधि कायम रहेमा प्रतिकारमा उत्रिन वाध्य हुने जेटीसीसीले चेतावनी समेत दिएको छ ।

युनियनले ठमेलस्थित एक्स्प्लोर हिमालय ट्राभल, हिमालय एक्स्पीडिसन ईन र पिक प्रमोशन गाइड नेपालको कार्यालय घेराउ गरी सञ्चालक तथा कर्मचारीहरुलाई आतंकित बनाउँदै आएका छन् । मजदुरको विषयलाई लिएर युनियनले पाँच कम्पनी घेराउ गर्दै आएकोमा दुई कम्पनीमा समस्या सुल्भिmसकेको बताइएको छ ।

युनियनले आफु निकटका मजदुरलाई पुनरवहालीको माग गर्दै व्यवसायीक संस्था घेराउ गर्दै आएका छन् । व्यवसायीहरुले भने युनियनले पुनरबहालीको माग गरिरहेका मजदूरसँग आफुहरुको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

एक्स्प्लोर हिमालयका अध्यक्ष सुमन पाण्डेले आफ्नो कम्पनीमा पुनरबहालीको माग गरिएको अशोक तामाङ आफुहरुको रेगुलर कर्मचारी नभएको बताए । ‘कहिले काहीँ गाइड नपुग्दा हायर गरेर लैजाने गरेको मजदूरलाई अहिले युनियले स-सम्मान पुनरबहाली गर्नुपर्ने माग गरेका छन्’ उनले प्रश्न गरे- ‘दबाबको भरमा यस्तो व्यक्तिलाई कसरी कम्पनीको रेगुलर कर्मचारी बनाउन सकिन्छ ।’

पछिल्ला दुई वर्ष तामाङसँग कुनै काम नगरेको समेत अध्यक्ष पाण्डेले दाबी गरे । कोही कर्मचारीमाथि अन्याय भएको छ भने क्षतिपूर्ती दिन तयार भएको बताउँदै उनले दबाबको भरमा कसैको व्यक्तिलाई कर्मचारी नियूक्त गर्न नसकिने स्पष्ट पारे ।

बैद्य माओवादी निकट मजदूरको आन्दोलनलाई अन्य मजदूर युनियनहरुले भने नाजायज आन्दोलनको संज्ञा दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले उक्त आन्दोनको विरोध गरेको बताइएको छ ।

मजदूर युनियनले यसरी व्यवसाय घेर्दै आतंकित बनाउँदै गएमा समग्र पर्यटन व्यवसाय नै धरापमा पर्ने जेटीसीसीका संयोजक रमेश धमलाले गुनासो गरे । ‘अहिलेको लोकतान्त्रीक पद्धतीमा विकसित कानूनी राज्यमा कुनै पनि समस्याको समाधान वार्ता, सम्वाद र सहमतीबाट नै हल गर्न सकिन्छ’ उनले भने- ‘आतंकित गतिविधिले समग्र व्यवसायीमा निराशा उत्पन्न हुने हुनाले विद्यमान श्रम ऐनको अधिनमा रहेर वार्ता र संवादबाट समस्या समधानमा आउनुस् ।’

समग्र रुपमा मजदुरहरुको हकहितका लागि आवाज उठाइरहेका टे्रड युनियनहरु एवं पर्यटन उद्योगमा व्यवसायिक योगदान पुर्‍याइरहका मजदुर वर्गहरुलाई एकतावद्ध भई सामूहिक रुपमा समस्याको समाधान गर्न अनुरोध गर्छु’ धमलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment