+

रियल मड्रिडको सुखद सुरुवात

२०७१ भदौ  १० गते ७:१९ २०७१ भदौ १० गते ७:१९
रियल मड्रिडको सुखद सुरुवात

१० भदौ, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । तर, डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडले भने बराबरी खेल्दै अंक बाँडेको छ ।

सोमबार राति भएको खेलमा रियल मड्रिडले नवप्रवेशी कोर्डोबालाई २–० ले पराजित गरेको छ । घरेलु मैदान सान्टिएगोमा भएको खेलमा यसैसिजन क्लबमा आवद्ध भएका टोनी क्रुज र जेम्स रोड्रिग्वेज कार्लो एन्सेलोटीको पहिलो ११ मै परेका थिए ।

खेलमा रियलले ३० औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । बेन्जिमाले क्रुजको पासमा गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडको २–० को जित सुनिश्चित गरे ।

अर्को खेलमा एथ्लेटिको मड्रिड भने रायो भेलेकानोसँग गोलरहित बराबरीमा रोकिएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय