+
+

एनआरएन भवन बनाउन अमेरिकाबाट पौने ४ करोड संकलन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १० गते १०:४०

nrn-usa-fund-raise-1

न्यूयोर्क । गैरआवासीय नेपाली संघको काठमाण्डौमा कार्यालय भवन बनाउन अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले पौने ४ करोड रुपैयाँ संकलन गरेका छन् ।

एनआरएन अमेरिकाको अग्रसरतामा बिभिन्न सातवटा शहरमा भएका अर्थ संकलन कार्यक्रममा गैरआवासीय नेपालीहरुले स्वतस्फूर्त सहयोग रकम घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अर्थ संकलन अभियानको नेतृत्व गर्दै करिव १५ दिनदेखि सो क्षेत्रका बिभिन्न कार्यक्रममा सहभागी भएका हुन् ।
पछिल्लोपटक अगष्ट २४ तारिखमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सवैभन्दा धेरै करिव २ लाख ११ हजार डलर अर्थात दुई करोड ११ लाख रुपैयाँ संकलन भएको छ । अमेरिकामा नेपालीहरुको एउटै कार्यक्रमबाट यति ठूलो रकम संकलन भएको सम्भवतः यो नै पहिलोपटक हो ।
यसअघि सियाटलमा भएको पहिलो कार्यक्रममा २१ हजार, क्यालिफोर्नियामा २९ हजार, बोष्टनमा १५ हजार, सिकागो १० हजार ५ सय, टेक्सास १७ हजार र वासिङटन डीसीमा ७० हजार डलर संकलन भएको थियो । यी सवै कार्यक्रममा गरि कुल ३ लाख ७३ हजार अमेरिकी डलर अर्थात् करिव ३ करोड ६३ लाख रुपैयाँ जम्मा भएको एनआरएन अमेरिकाका संचार संयोजक कृष्ण केसीले जानकारी दिए ।
अमेरिकाबासी नेपालीको ऐतिहासिक साथबाट उत्साहित बन्नुभएका एनआरएन अध्यक्ष शेष घेलेले २५ हजार अमेरिकी डलर सहयोग घोषणा गरेका थिए ।
१५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवनको शिलन्यास एनआरएन डे अर्थात अक्टुवर ११ तारिखमा गर्ने लक्ष्य राखिएको छ । अष्ट्रेलियामा यस्तै प्रकृतिको रकम संकलन अभियानमार्फत् करिव २ करोड रुपैयाँ संकलन गरिएको छ भने क्यानडा, हङकङ, मकाउ, चीन, थाइल्याण्ड, जापान लगायतका देशहरुमा पनि रकम संकलन अभियानलाई तिब्रता दिइएको छ ।

‘अमेरिकामा रहनुभएका गैरआवासीय नेपालीहरुले यो अभियानमार्फत् आफ्नो क्षमता र शक्तिको परिचय दिनुभएको छ’ अध्यक्ष घलेले भने -‘एकजुट भएर काम गर्‍यौ भने जति कठिन काम पनि फत्ते गर्न सकिन्छ उदाहरण हो यो ।’

अमेरिकाबासी एनआरएनको यही सामुहिक शक्ति नै आफ्नो उर्जा भएको भन्दै उनले भने-‘यही बिश्वासका साथ म एक डलर नै भए पनि धेरैभन्दा धेरै एनआरएनको अपनत्व हुने गरी भवन बनाउँछु भनेर लागेको थिएँ, मेरो आत्मबिश्वास अझ बढेर गएको छ ।’
अमेरिकामा आयोजित सवै कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले सहभागी भई एनआरएन भवनको आबश्यकता र त्यसका लागि रकम संकलन अभियान संचालन गर्नुपरेको कारणबारे जानकारी गराएका थिए ।

एनआरएनको दिगो बिकाशका लागि आफुले गरेका कामहरुको जानकारी दिँदै घलेले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरणको निर्माण, खुला बिश्वबिद्यालय स्थापना लगायतका मुद्दामा निरन्तर लविङ गरिरहेको जानकारी गराए । अमेरिकाबासी नेपालीहरुलाई एनआरएन अभियानमा सहभागी बन्न आह्वान गर्दै उनले यसक्षेत्रमा देखिएको उत्साहले आफुलाई निकै उर्जा मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?