+
+

५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १७:२३

६ जेठ, काठमाडौं । सरकारले ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।

७ जेठ सोमबार १८२ दिन अवधिको ट्रजेरी बिल बोलकबोल हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सोमबार नै ३२ अर्ब ७३ करोड ३२ लाखको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सोमबार २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ७ अर्ब २३ करोड ३२ लाख, १८४ दिन अवधिको ८ अर्ब र ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने भएको हो ।

उक्त ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?