Comments Add Comment

इन्द्रावती करिडोर हुँदै चिनिया समान नेपाल भित्रिन थाल्यो

१५ भदौ, मेलम्ची । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट अरनिको राजमार्गमा अवरोध सिर्जना भएपछि व्यापारीले इन्द्रावती करिडोर हुँदै चीनको तिब्बतबाट सरसामान ल्याउन थालेका छन् ।

भोताङ गाविसमा पर्ने जुगल हिमाल शृङ्खलामा रहेको पासबाट अहिले सामान वारपार हुन थालेको भोताङका स्थानीयले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने जुगल हिमाल क्षेत्रबाट अहिले जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसारसमेत हुन थालेको उनीहरू बताउँछन् ।

हेलम्बुबाट आमायाङ्ग्री र पाँचपोखरी हुँदै जुगलफेदीबाट तीन दिन हिँडेर हिमालपारि चिनियाँ राजमार्गमा पुग्न सकिने बताइन्छ । आफ्नो नाम नबताउने एक भोताङवासीका अनुसार सो क्षेत्रबाट कस्तुरी र जडीबुटी चीनतर्फ गइरहेको छ भने चीनबाट पनि महँगा सामान र सरकारद्वारा बन्देज गरिएका सामान आयात भइरहेको छ ।

सो रुट हुँदै आपराधिक समूहले चोरी-सिकारीका बहुमूल्य सामान उपत्यका भित्रयाउन सक्ने आशङ्का गरिएको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुुसार आफूकहाँ हालसम्म त्यस्तो सूचना नआएको तर चोरी-तस्करी हुनसक्ने भएका कारण लाङटाङ र थाङपालकोट मानेखर्क क्षेत्रमा रहेका सुरक्षा पोस्टहरूलाई विशेष निगरानी राख्न सचेत गराइसकिएको छ ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा पर्याप्त चेकपोस्टको अभाव रहेकाले सुरक्षा बन्दोबस्तीको समस्या परेको छ । स्मरणीय छ, अरनिको राजमार्ग निर्माण हुनुअगाडि उपत्यकाबाट मेलम्ची रुट हँुदै कुती र केरुङतर्फको व्यापार चल्ने गथ्र्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment