Comments Add Comment

शिरीषद्वारा आफ्नै कीर्तिमान सुधार

१७ भदौ, काठमाडौं । नेपाल प्रहरी क्लबका शिरीष गुरुङले चौथो एनएसए कप पौडी प्रतियोगितामा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा उनले पुरुषको ४ सय मिटर व्यक्तिगत मिड्ले ५ मिनेट १५.३५ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।

गत वर्ष यसै प्रतियोगिताको तेश्रो संस्करणमा उनले ५ मिनेट २०.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए । प्रतियोगितामा शिरीषको यो दोश्रो कीर्तिमान हो । अघिल्लो दिन उनले १ सय मिटर पि|m स्टायलमा आनन्द लेप्चाको नाममा रहेको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । दुई कीर्तिमानका लागि ५-५ हजारका दरले शिरीषले १० हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन शिरीषले कीर्तिमानी स्वर्ण बाहेक थप १ एक स्वर्ण पनि जिते । उनले २ सय मिटर पि|m स्टायल २ मिनेट १४.५९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे । प्रतियोगितामा शिरीषले जम्मा ५ स्वर्ण आफ्नो नाममा लेखाउन सफल भए ।

महिलाको २ सय मिटर ब्याकस्ट्रोकमा लिङकनकी निहारिका तुलाधर पहिलो भए । निहारिकाले निर्धारित दूरी पूरा गर्न ३ मिनेट १६.८१ सेकेन्ड समय खर्चिन् । पुरुषको २ मिटर बटरफ्लाइमा जयन्तप्रकाश गुरुङले शीर्ष स्थान हात पारे । उनले ३ मिनेट ०४.४९ सेकेन्ड समय निकाले । महिलाको २ सय मिटर पि|m स्टायलमा लिङकनकी अदिती धिताल २ मिनेट ४९.१२ सेकेन्ड समयसाथ पहिलो भइन् ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष १ सय मिटर ब्याकस्ट्रोकमा एसभीआईका देवेश मानन्धर पहिलो भए । निर्धारित दूरी देवेशले १ मिनेट १९.७१ सेकेन्डमा तय गरे । देवेशले प्रतियोगितामा कूल ६ स्वर्ण जिते । त्यसमा ४ खुला र २ उमेरसमूहतर्फ रहेको छ ।

महिलाको १ सय मिटर पि|m स्टायलमा सोफिया शाहले स्वर्ण हात पारिन् । सोफियाले १ मिनेट ०९.३७ सेकेन्ड समय लगाइन् । पुरुषको ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपाल आर्मी क्लबका किरण कार्की ३५.४५ सेकेन्ड समयसाथ पहिलो भए । सोही स्पर्धाको महिलामा आर्मीकै सोनिरा विष्टले बाजी मारिन् । सोनिराले निर्धारित दूरी पूरा गर्न ४०.७७ सेकेन्ड समय लगाउदै पहिलो भइन् ।

प्रतियोगिताको समापनका अवसरमा पुरुषमा शिरीष र महिलामा सोफिया वर्षको उत्कृष्ट पौडी खेलाडी घोषित भए ।

लिङकन च्याम्पियन 

प्रतियोगिताको उमेरसमूहतर्फ लिङकन च्याम्पियन बन्यो । लिङकनले ४२ अंक जोड्यो । जोन डेवी ३८ अंकसाथ दोश्रो भयो भने लिटिल एन्जल्स (एलए) ले ३७ अंक बटुल्दै तेश्रो स्थानमा चित्त बुझायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment