+
+

गृहमन्त्री गौतमले भने-सर्वपक्षीय सम्मेलन गर्न सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते १६:३५

१८ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले नयाँ संविधानका अन्तरवस्तुमा सहमति खोज्न सर्वपक्षीय सम्मेलन गर्न सकिने बताएका छन् । तर, नयाँ संविधान भने संविधानसभाले नै जारी गर्ने उनले बताए ।

फाइल फोटो
फाइल फोटो

रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै एमाले कार्यवाहक अध्यक्ष समेत रहेका गौतमले सर्वपक्षीय गोलमेच सम्मेलनबाट संविधान जारी गर्न नसकिने बताए ।

तीन दलका शीर्ष नेताहरुले पालै-पालो नेतृत्व गर्नेगरी उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको भन्दै उनले एमाओवादीले संसद बैठक अवरुद्ध गरकोमा आक्रोस ब्यक्त गरे । उनले भने-‘सहमति पछिपनिसंसद अवरुद्ध पारिरहनु आपत्तिजनक छ । एमाओवादीले यो के गर्न खोजेको हो मैले बुझ्न सकिन ।’

राजनीतिक समिति संविधानसभाको विकल्प नभइ सहयोगीको रुपमा मात्र गठन गर्न लागिएको उनले बताए । उनले भने-‘यसको जिम्मेवारी शान्ति प्रक्रियालाई टुंगाउने मात्रै हुन्छ, यसले संविधान सभालाई कमजोर पार्ने र अर्को शक्तीकेन्द्रको रुपमा यसको गठन हुँदैन् । यसमा मधेशवादीलाई पनि राखिँदैन ।’

पार्टीका तर्फबाट ८ जना सभासद मनोनयन एकदमै सन्तुलित भएको र माधवकुमार नेपाल पक्षका परेको भन्दै गौतमले यसको विरोध नै अनुचित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?