Comments Add Comment

अर्जेन्टिनाले जर्मनीसँग विश्वकपको बदला लियो

Angel Di Maria

१९ भदौ, काठमाडौं । एन्जल डि मारियाको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले विश्व विजेता जर्मनीलाई पराजित गरेको छ ।

बुधबार राति भएको मैत्रिपूर्ण फुटबलमा जर्मनीलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । ब्राजिलमा भएको विश्वकपको फाइनलमा अर्जेन्टिना १–० गोलले पराजित भएको थियो ।

जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना स्टार स्ट्राइकर लिओनल मेस्सी विना मैदान उत्रिएको थियो । जुन खेलमा डि मारिया चम्किए । अजेन्टिनाले गरेको तीन गोलका लागि पास मिलाएका उनले अन्तिम गोल आफैंले गरे ।

Sergio Aguero

डि मारियाको पासमा सर्जिओ एग्युरोले २० औं मिनेटमा गोल गरे । ४० औं मिनेटमा लामेलाले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना २–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफ सुरुमा भएको तीन मिनेटमा नै डि मारियाकै पासमा फेर्नान्डेजले गोल गरे भने ५० औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई ४–० को अग्रता दिलाए ।

५२ औं मिनेटमा जर्मनीका लागि आन्द्रे सुर्लेले गोल गरे । ७८ औं मिनेटमा मारियो गोटेजले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपछि घरेलु टोली जर्मनीको हार टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment