Comments Add Comment

यी हुन् हिन्दु श्रीमतिको साथ पाएका मुस्लिम हिरो

sarukh-amir

मुम्बई । मुम्बइमा केही यस्ता अभिनेता छन्, जसले कहिल्यै हिन्दु धर्मको वारेमा चासो राखेनन् । मस्जिद पटक पटक गए तर, मन्दिर धाएनन् । तिनै अभिनेताले प्रेम र बिबाह भने हिन्दु परिवारीकी छोरीसंग गरे । यतिसम्मकी केही हिरोको घरमा हिन्दु र मुस्लिम दुबै धर्म मनाउने चलन छ । दुबैले अर्काले मान्ने धर्मको सम्मान गर्ने गरेका छन् ।

अमिर खान कट्टर मुस्लिम हुन् । उनले जीबनमा दुईटीसंग बिहे गरे तर, दुबै हिन्दुकै छोरीहरुसंग । उनको पहिलो बिबाह १६ वर्ष अगाडी रिना दत्तसंग भएको थियो । अमिर मुस्लिम र रिना हिन्दु भएकै कारण परिवारले विवाहको विषयमा असहमति जनाएपछि उनिहरुले भागी बिबाह गरेका थिए ।

परिवारका सदस्यले बिबाह गर्न नदेलान् कि भनेर सुटुक्का भागेका उनिहरु १६ वर्षपछि भने कहिल्यै नभेटौंला झै गरि छुटि्टए । पहिलो श्रीमतिसंग छुटि्टए लगत्तै किरण रावसंग दोस्रो बिबाह गरेकी अमिर अहिले पनि हिन्दुकै ज्वाई भनेर चिनिन्छन् । उनले दोस्रो बिहे पनि हिन्दुकै छोरीसंग गरेका थिए । पान सिंह तमोर, स्लम डग मिलेनियर जस्ता सिनेमामा काम गरेको इरफान खानकी श्रीमति सुतापा पनि हिन्दुकी छोरी हुन् ।

उनिहरुको बिबाह भएको एक दशक पुरा भयो, भने  श्रीमान श्रीमतिको सम्बन्ध निकै राम्रो छ । दाजु सलमानले अहिलेसम्म कुनै युवतिलाई श्रीमतिका रुपमा भित्रयाउन नसकेपनि उनको कान्छो भाई सोहेल खानले भने फिल्मी स्टाईलमै बिबाह गरेका छन् ।

हिन्दु परिवारकी सीमा सचदेबसंग प्रेम गरेका सोहेलले खान दाजुभाईकै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘प्यार किया तो डरना क्या’ रिलिजको दिन भागी बिहे गरेका थिए । अभिनेता शाहरुख खानकी श्रीमति गौरी हिन्दुकी छोरी हुन् । सेफअलि खान सहित बलिउडमा नौ जना मुस्लिम समुदायका हिरो छन् जसले हिन्दुकी छोरीसंग घरजम गरेर सुन्दर घर गृहस्थीको परिकल्पना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment