+
+

जापानमा नेपालीहरुलाई निःशुल्क ‘डिप्रेसन’ परामर्श

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २० गते १७:०२

टोकियो । जापानका नेपाली समुदायमाझ मानसिक स्वास्थ्य समस्या बल्झिएको भन्दै टोकियोमा निः शुल्क परामर्श सेवा सुरू गरिएको छ ।

यो सेवा प्रत्येक आइतबार बिहान ११ देखि ५ बजेसम्म उपलब्ध हुने क्लिनिकल मनोबिज्ञ डा. विजय ज्ञवालीले जानकारी दिए । निःशुल्क परामर्शको लागि ०९०–३९०९–५९१३ मा सम्पर्क गर्न सकिने ब्यवस्था मिलाइएको पनि डा. ज्ञवालीले बताए । आइतवारबाट शुरु गर्न लागिएको यो सेवा आगामी सन् २०१५ मार्च ३० सम्म लागू गरिने छ । यो सेवा लिन चाहनेको पूर्ण गोपनियता अपनाइने छ ।

बिगत केहि वर्षदेखि आकर्षक गन्तव्यको रुपमा रहेको जापानमा गएका नेपालीहरुमा मानसिक रोग देखा परेकाले समस्या सुल्झाउने अभिप्रायले अभियान सञ्चालन गरिएको पनि मनोबिज्ञ डा. ज्ञवालीले बताए । पछिल्लो केही समय यता आत्महत्या र पारिवारिक बिग्रहका घटनाहरु बढ्दै गएको छ । लगभग २ वर्षको अन्तरालमा जापानमा आत्महत्या गर्ने नेपालीको संख्या एक दर्जन नाघेको छ ।

आत्महत्या गर्ने संख्याको झन्डै २० गुनाबढीले आत्महत्याको प्रयास तथा मनसाय बनाएका हुन्छन् भन्ने कुरा विभिन्न तथ्यांकमा उल्लेख छ । जापानमा बस्ने नेपालीहरुमा बढ्दै गएको आत्महत्या मात्र एउटा समस्या मात्र नभई उचित मार्गदर्शनको अभाव भएको ज्ञवालीको भनाइ छ ।

चाहिएको बेलामा आफ्ना मनका कुरा अभिव्यक्त गर्ने साथी नहुँदा सीपमुलक भिसा र डिपेण्डेण्ट भिसामा आएका बिदेशीहरुलाई पनि एक्लोपन विभिन्न मानसिक समस्याको कारण बनेको ज्ञवाली बताउँछन् । परामर्श सेवा आइतवारदेखि सञ्चालन गरिनेछ ।

जापानबाट विद्यावारिधि गरेका डा.ज्ञवालीले अमेरिका र सिंगापुरबाट कग्निटिभ विहेवीयर थेरापीमा ट्रेनिङ्ग गरेका छन् । उनी नेपालका रजिस्टर अकुपंचरिष्ट चिकित्सक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?