+
+
Shares

कुखुराको मासुको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २२ गते ६:३२

Hen२२ भदौ, चितवन । कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् । चितवनमा कुखुरा ब्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ । किसानहरु यो भन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन् ।

किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैंयाँसम्म पाएका छन्, नवलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले भने । चितवन नवलपुर कुखुरा पालक संघका अध्यक्ष दीपक पाण्डे यो मूल्य लागत भन्दा कम भन्छन् । किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैंयाँ चल्ला किनेर खोरमा राखेको नागरिक दैनिकमा खबर छ ।

राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म पुग्छ । सामान्यतः दुई किलोभन्दा बढी हुँदैन । अहिले ७५ देखि ८० रुपैंयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैंयाँ पाउँछन्,’ अध्यक्ष ज्ञवालीले भने । ज्ञवालीका अनुसार चल्ला दुई किलोको बनाउन दुई सय ४० दृखि दुई सय ८० रुपैंयाँ थप लागत लाग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?